अनुदान निलम्बनले गाजामा मानवीय सहयोगको अभाव

उज्यालो प्रतिनिधि २ फाल्गुन २०८०, बुधबार विश्व

अम्मान । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएन्आरडब्ल्यूए) ले मङ्गलबार यूएनआरडब्ल्यूएलाई आफ्नो सहयोग निलम्बन गर्ने देशले सहयोगबारे पुनर्विचार गर्नुपर्ने बताएको छ ।
यूएनआरडब्ल्यूएका सञ्चार निर्देशक जुलियट टुमाले जोर्डनको राजधानी अम्मानमा १६ दाता देशहरूले कोष निलम्बन गर्दा सहयतासम्बन्धी निकायलाई सन् २०२४ को लागि अपेक्षित आयको ५१ प्रतिशतभन्दा बढीबाट वञ्चित गर्ने बताउनुभयो ।

तौमाले उत्तरी गाजामा अनिकालको चेतावनी दिदै छ दिनका लागि केरेम सालोम क्रसिङ बन्द भएपछि सहायता प्राप्त गरिरहेको बताउदै सहायता प्रवेशमा धेरै प्रतिबन्धहरू रहेको उल्लेख गरेका छन् ।गाजा पट्टीको दक्षिणी क्षेत्र रफाहमा बिग्रँदै गएको अवस्थाबारे बोल्दै तौमाले कम्तिमा मानवीय युद्धविराम हनुपर्ने बताएका छन् । उनले पूर्वाधारको अभाव र दुःखद मानवीय अवस्थाका कारण रफाहमा १४ लाखभन्दा बढी विस्थापितहरूको सुरक्षा चुनौती निरन्तर बढ्दै गएको छ ।

युएनआरडब्ल्यूएका केही कर्मचारी अक्टोबर ७ मा इजरायलविरुद्ध हमासले गरेको आक्रमणमा संलग्न भएको इजरायलले आरोप लगाएको थियो । आरोपपछि संयुक्त राज्य अमेरिका, बेलायत र क्यानडासहित १६ वटा दाता राष्ट्रहरूले युएन्आरडब्ल्यूएका लागि आफ्नो कोष निलम्बन गर्ने निर्णयको घोषणा गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार