नाकाबासीको प्रश्न कहिले बन्छ सीमा सडक

शिवु खनाल २८ माघ २०८०, आईतवार उज्यालो फोकस

देउखुरी । भारतसंगग सीमा जोडिएको दाङको नाकाबासीहरुले एउटै प्रश्न सामना गरिरहेका छन् ‘सडक कहिले बन्छ ?’ पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि सीमानाका जोड्ने गतिलो सडक बनेको छैन । कतै माटो थुपारेर सडक साँघुरिएको छ, कतै पानी जम्ने खाल्टाखुल्टी बनाएर अलपत्र छाडिएको छ । गाडी भासिएका र मोटरसाइकल चिप्लिएका दृश्य नौला लाग्दैनन् । स्थानीय नाकाबासीहरुको पटक–पटकको गुनासो र प्रश्न गरेता पनि कही कतैबाट सुनुवाई भएको छैन । स्थानीयवासी वडा र गाउँपालिका पनि पुगे पनि काममा कुनै प्रगति छैन ।

 

दैनिक आवतजावतसँगै व्यवसायमा पनि असर परेको नाकाबासीहरूको गुनासो छ । गतिलो सडक नहुँदा कतिले त यो क्षेत्रबाट बसाइँसराई समेत अन्यत्रै सारिसकेका छन् । ‘चुनावका बेला मात्र हामी चाहिने रैछ, राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाका निवासी प्रमोद घर्तीले भन्नुभयो,–। ‘समस्या परेका बेला हेर्ने कोही हुँदैनन् । बर्खाको समयमा सीमा सडक हिँडिसाध्य छैन । यो सबै जनप्रतिनिधिको बेइमानीले गर्दा भएको हो । यही कारणले सडक निर्माणमा ठोस प्रगति हुन नसकेको हो ।’

 

राजनीतिक दलका नेताहरु हरेक निर्वाचनमा भारतसँग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने आश्वासन दिन्छन् । तर, वर्षौदेखि चर्चा थालिएको यस क्षेत्रमा पक्की सडक बन्ने/नबन्ने अझै टुंगो छैन । जिल्ला आउने अधिकांश मन्त्री तथा नेताले दिने आश्वासन अब स्थानीय नाकाबासीले पत्याउन छाडिसके । सीमा सडक निर्माण गरिने भनिएको सर्भेक्षण मात्रै हुने गरेको छ । त्यसयता उल्लेख काम नभएको भन्दै स्थानीयले निरासा व्यक्त गरेका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत यातायातको सुविधा नपुगेका समयमा भारतसंग सीमा जोडिएको दाङको कोइलाबास नाका हुदैँ, जिल्लाका सर्वसाधारणको राजधानी काठमाडौँ र भारत पस्ने प्रमुख नाका यही नै थियो ।

 

 

अहिले पनि यही नाका भएर दैनिक सयौँ स्थानीय बासिन्दा रोजगारका लागि भारतका विभिन्न सहर पस्ने गरेका छन् । बेला–बेलामा सरकारका मन्त्री र उच्चपदस्थ अधिकारीले सीमा सडक कालोपत्रे गर्ने आश्वासन दिए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन ।छिमेकी राष्ट्र भारतले आफ्नो क्षेत्रमा सडक कालोपत्रे गरेको छ । नेपाली भु–भागमा रहेको सीमा सडक कालोपत्रे लागि तदारुकता नदेखाउँदा सीमा क्षेत्रमा बसोबास गर्दै आइरहेका नेपालीहरुले भारतीय भुमी प्रयोग गर्नुपर्ने बाध्यता रहेको राजपुर गाउँपालिका वडा नम्बर ६ गौरिया नाका निवासी लिलामन रोकाले बताए । दिगो रुपमा आफ्नै नेपाली भु–भागबाट आवतजावत गर्न नपाउँदा नागरिकसमेत पीडित बनेको उनले बताए । सीमावर्ती क्षेत्रमा कालोपत्रे सडक निर्माण नेपालीको मात्रै नभएर सीमावर्ती भारतीय नागरिकको पनि चाहना हो । यो सडक निर्माण भएपछि नेपालसँगको मित्रता अझ प्रगाढ हुनेछ र युपीवासीको नेपालसँगको व्यापार पनि वृद्धि हुनेछ । उनले सीमा नाकामा पक्की सडक निर्माण भए यो क्षेत्रको आर्थिक समृद्धि हुन्छ, उनले भने । लमही नगरपालिका वडा नम्बर ९ स्थित रहेको बगार बाबा धार्मिक विकास क्षेत्र रिहार धाम, स्वर्गद्धारी प्रभुलगायत प्रसिद्ध पर्यटकीय धार्मिकस्थलमा भारतको बलरामपुर र श्रावस्र्ती जिल्लाबाट हजारौं पर्यटक आउने गरे पनि गतिलो सडक नहुँदा सास्ती खेप्नु परेको स्थानिय समाजसेवी चक्रबहादुर खड्का (शिखर)को भनाइ छ ।

 

उनले तिनै तहका सरकारलाई पटक–पटक सीमा सडक बनाउन माग गर्न थालेको दशकौँ बितेको बताए। सबैले आश्वासन मात्रै दिने गरेका छन् । सीमा सडक बन्ने छाँटकाँट अझै देखिएको छैन्, उनले भने,–। ‘भारतीय सीमा बजारमा सडक सुविधा पुगेको वर्षौ भइसके पनि नेपाली भु–भागमा रहेको सीमा सडक कलोपत्रे नहुँदा आवतजावत गर्न सास्ती छ । उपचारका लागि नाकाबाट बिरामीलाई बोकेर भारतीय सहर जानुपर्ने बाध्यता छ ।’ सीमा नाकाबाट मात्रै दैनिक एकदर्जन भन्दा बढी बिरामी यही नाकाका जंगलको बाटो छिचोल्दै तुलसीपुर, हरैया, सिरसिया, भरसैया लगायतका भारतको विभिन्न ठाउँमा जाने गरेका छन् । हिँड्न नसक्ने, अंगभंग भएका बिरामीलाई ओहोरदोहोरमा कठिनाइ हुने गरेको छ । नेपालदेखि दक्षिणतर्फ रहेको वन सोयलुवार राष्ट्रिय निकुञ्ज रहेको छ । निकुञ्जको त्रासले दुवै देशका सीमावासी त्रसित छन् । सीमा सडक निर्माण तथा कालोपत्रे गर्न सकिए भारतीय बजारमा थुपै्र नेपाली उत्पादन निर्यात गर्न सकिने राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्यामबहादुर रोकाले बताए। सीमा सडक निर्माणको काम भइरहेको छ । सडक कालोपत्रे भएपछि किसानको स्थानीय उत्पादनले पनि बजार पाउनेछ । यसले आर्थिक अवस्थामा सुधार आउनेछ, उनले भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार