सोनाम ल्होछार अबुधाबीमा सम्पन्न,आज दुबईमा कार्यक्रम हुँदै

उज्यालो प्रतिनिधि २८ माघ २०८०, आईतवार समाचार

 

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको आयोजनामा हुन लागेको मन्जुश्री संवत् २८६० डुक ल्हो (मु पुख्री) सोनाम ल्होछार तथा सेलो विशेष कार्यक्रम अबुधाबीमा भव्यरुपमा सम्पन्न पछि आज दुबई हुनेभएको छ ।

हिजो फेब्रुअरि १० तारिखका दिन रोयल रोज होटल अबधाबीमा हजारौं दर्शकहरुको उपस्थितिका बिच कार्यक्रम सम्पन्न भएको थियो भने आज फेब्रुअरि ११ तारिखमा युएईको विकसित शहर दुबई स्थित क्लब SK7 मा कार्यक्रमको भव्य तयारी गरेको छ । बरिस्ठ गायक तथा संगीतकार विश्व दोङ र गायिका जितु लोप्चनको सांगीतिक प्रस्तुतिले अबुधाबीको माहोल ल्होछारमय भएको थियो ।

तामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचान भन्ने मुल नारा लिएर लामो समयदेखि तामाङ जातिको भाषा धर्म र संस्कृति संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आउनेक्रममा यस वर्ष पनि समाजले सोनाम ल्होछारको अवसरमा दुई ठाउमा साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार