गोलबजार नगरपालिका-३ मुुसहर्नियाको आयोजनामा सोनाम ल्होछार मनाउँदै

उज्यालो प्रतिनिधि २६ माघ २०८०, शुक्रबार समाचार

 

सिरहा/अलेन्स दोर्जे लामा । विगतका वर्षहरुलाई निरन्तरता दिँदै यसवर्ष पनि मञ्जुश्री सम्वत् २८६० औं डुक/मु पुख्री सोनाम ल्होछार (वृहत साँकृतिक कार्यक्रम) मनाउने तयारी गरेको छ । प्रत्येक वर्ष ल्होछार पर्व मनाउने ल्होछार मुल आयोजक समिति गोलबजार नगरपालिका ३ मुुसहर्नियामा भव्य कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ ।

 युवा तथा समाजसेवी मबेश घिसिङको अनुसार समाजले ल्होछारलाई विशेष बनाउनका लागि राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरु गायिका एलिना चौहान,गायक महेश काफ्ले,गायक तारा प्रकाश लिम्बुु, डान्सर सोनु,साँकृतिक नृत्य तथा स्थानीय कलाकार मार्फत सांस्कृतिक कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको छ ।

तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार