भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

 

टक्सार (भोजपुर)   ।   सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न  आवश्यक तयारी थालिएको छ ।
भोजपुरमा आगामी फागुन २४ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन हुने गरी तयारी थालिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । कार्यालयले अभियानबारे सरोकारवाला निकायसँग छलफल गरेको छ । जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षता भएको कार्यक्रममा खोप अधिकृत भरत भण्डारीले अभियानबारे जानकारी दिएका थिए।
सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य लिएको खोप अधिकृत भण्डारीले बताए । उनले भने, “बालबालिकालाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला महामारीका रुपमा देखा पर्दै आएकाले लक्ष्य हासिल गर्न चुनौती थपिएको छ ।”  भोजपुरमा छ महिनादेखि  १५ वर्ष मुनिका १२ हजार ६० जना  बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले जानकारी दिए ।
दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी फागुन १३ गतेदेखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ ।  दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग भएको तथा यो रोग लागेका एक बिरामीले १८ जनासम्मलाई सार्न सक्ने बताइएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार