५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउँछौ : मन्त्री श्रेष्ठ

उज्यालो प्रतिनिधि २५ माघ २०८०, बिहीबार बागमती

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउने बताएका छन् ।

बिहीबार हेटौंडामा बागमती प्रदेशको १० वटा जिल्लामा एकसाथ सञ्चालन हुने ट्राफिक सप्ताह २०८० को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले ट्राफिक व्यवस्थापनका लागि प्रविधिको अधिकतम् प्रयोग गर्न प्रदेश सरकारले विशेष बजेटको व्यवस्था गर्ने बताए । उनले आ।व। २०८०र०८१ का लागि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरणहरू खरिदको प्रक्रिया अघि बढाएको पनि बताए । उनले दुर्घटनाको उच्च जोखिम भएका सडकहरूमा ५ वर्षभित्र सिसिटीभी जडान गरिसक्ने भन्दै त्यसका लागि प्रारम्भिक सर्भे सम्पन्न भई क्यामेरा खरिद प्रक्रिया अघि बढेको जानकारी गराए ।

मन्त्री श्रेष्ठले सडक दुर्घटना न्यूनीकरणका लागि आन्तरिक मामिला मन्त्रालयले समुदाय स्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले आगामी वर्षदेखि ट्राफिक व्यवस्थापनलाई सुदृढ एवं सहज बनाउन यातायात व्यवस्था कार्यालय, सडक कार्यालय, स्थानीय तह, विभिन्न संघसंस्था, आम सडक प्रयोगकर्ता, सञ्चार माध्यम र सरोकारवालाहरुलाई समेटेर एकीकृत कार्ययोजना सञ्चालन गरिने बताए । उनले सबैभन्दा बढी दुर्घटना मानवीय कारणबाट हुने भन्दै चालकको दक्षता अभिवृद्धि एवं चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि बताए । त्यस्तै, समयानुकुल सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन परिमार्जन गर्न आफुले पहल गर्ने मन्त्री श्रेष्ठको भनाई छ ।

मन्त्री श्रेष्ठले माध्यामिक तहको पाठ्यक्रममा ट्राफिक शिक्षा राखेर सवारी दुर्घटना हुनबाट बचाउन जिम्मेवार नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिए । त्यसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने उनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार