सिमसार मासिदा हराउँदै छन् ‘पानीचरा’

शिवु खनाल २५ माघ २०८०, बिहीबार समाचार

देउखुरी । देउखुरीमा पछिल्ला वर्षमा मानवीय कारणले सिमसार क्षेत्र मासिदै जाँदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा सानो जलेवा, ठुलो जलेवा, चखेवा बकुल्ला प्रजाती, लगायतका चरा लोप हुन लागेको अनुसन्धानकर्ता चिरञ्जिबी खनालले बताउनुभयो । उहाँका अनुसार लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढमा रहेको सिमसार क्षेत्र अहिले जखेरातालको रुपमा परिणत भएको छ भने लमही नगरपालिका वडा नम्बर ९ बगार बाबा धर्मिक विकास क्षेत्र रिहार धामममा रहेको सिमसार क्षेत्र अहिले बगार बाबा तालको रुपमा परिणत भएको हो । सिमसार क्षेत्रको कतै संरक्षण भएको छ भने कती नासिँदै गएको पाइएको हो ।

 

मुख्य वासस्थान सिमसारको विनाससँगै अवैध चरा सिकार तथा व्यापार, उडान मार्गमा हुने अवरोध र जलवायु परिवर्तनले पानीचरा संकटमा परेको जनाइएको छ । ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदानजस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतित गर्ने आश्रित चराहरु लोप हुँदैगएको अनुसन्धानकर्ता खनालको भनाइ छ ।

 

यसवर्ष दाङमा गरिएको जलपंक्षि गणनामा पन्ध्र प्रजातिका चराहरु मात्र अभिलेख गरिएको छ । जो पछिल्लो बर्षहरु भन्दा धेरै कम हो । सानो जलेवा, ठुलो जलेवा, चखेवा लगायतका हाँस प्रजातिको धेरै संख्यामा रहेता पनि अन्य पंक्षिहरु घट्दै गएको अनुसन्धानकता चिरञ्जिबी खनालले बताउनुभयो । कालो गरुण, लोभिपापि गरुण, तिलहरी चरा जस्ता पंक्षिहरु योवर्ष देखिएनन् । नदिजन्य पदार्थको लागि खोला–नदिमा दोहन र ताल तथा पोखरीहरुमावसको नाममा अनावश्यक निर्माण कार्य गरि सिमेन्टका संरचना मात्र बनाउने कार्यले गर्दा चराहरु बस्ने अनुकुलको वातावरण नभएको अवस्था रहेको उहाँको भनाई छ । जखेरा तालमा पहिले देखिने जलेवाहरु अहिले हराउन थालेका छन् । चराहरु बस्ने बिचको टापुमा मन्दिर बनाउदा र ताल नजिकै पिकनिक स्पोटले निकाल्ने ध्वनि प्रदुशण, वरिपरि बनिरहेका संरचनाजस्ता विकासे कामले चराको विनास भएको छ । हिमाली प्रकृति संस्थाको आयोजनामा हरेक वर्ष नेपाल भर जलपंक्षि गणना हुने गर्दछ । सोही क्रममा देउखुरीको राप्ती नदि र आसपासको सिमसारहरुमा पानि जलपंक्षि गणना हुने गर्दछ ।

 

राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा निवासी चक्रबहादुर खड्का (शिखर)ले गाउँको सिमसार क्षेत्र नासिएपछि थुप्रै चरा देख्न छाडेको बताउनुभयो । सिमसार क्षेत्रका पानीको मुहान थुनेर माछापोखरी निर्माण गरिएपछि यहाँका पानीचरा देखिन छाडेका छन् । सिमसार जमिनमा पोखरी निर्माण गरिएको यस ठाउँ लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित पूर्वपश्चिम राजमार्ग देखि उत्तरतर्फ क्षेत्रमा पर्छ । दलदल जमिन सुक्दै गएपछि यहाँ देखिनेगरेका पानीचरा पनि हराउन थालेको छ । सिमसार क्षेत्र मासिदैँ गएपछि कुनै ठाउँमा पुग्नु पर्ने चरा अन्त जाने कारणले चराको संख्यामा कमि आएको हो । नदीहरु दिन प्रतिदिन कुरुप बन्दैगएको छ, पानीका स्रोतमा ढल फोहर मिसाउँदा, पानीको मुहान मासिदै गर्दा विगतभन्दा अहिले चरा घटेका छन्, अनुसन्धानकर्ता चिरञ्जिबी खनालले भन्नुभयो । नदि छेउछाउ, ताल तलैया तथा सिमसार आसपास विकास निर्माणसँगै मानवीय गतिविधिले गर्दा पानीमा आश्रित चरालाई असर परिरहेको छ । यसको प्रत्यक्ष उदाहरण भर्खरै गरिएको चरा गणनाले देखाएको छ । मानवीय क्रियाकलापले गर्दा चराको संख्यामा कमी हुँदैगएको हो ।

नेपालमा हालसम्म अभिलेख भएका ४३ प्रजातिका विश्वकै दुर्लभ चरामध्ये १२ प्रजाति पानीचरा भएको अनुसन्धानकर्ता चिरञ्जिबी खनालले बताउनुभयो । सिमसार आसपास विकास निर्माणसँगै मानवीय गतिविधिले गर्दा आगन्तुक जलपंक्षीको संख्यामा कमी हुँदै गएको उहाँले बताउनुभयो । हाल राप्ती नदी किनार क्षेत्रमा विभिन्न प्रजातिका चराहरु गणनामा सूचिकृत छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार