नेपालले ५ विकेट गुमायो

उज्यालो प्रतिनिधि २५ माघ २०८०, बिहीबार खेल

काठमाडौं । एकदिवसीय सिरिज अन्तर्गत क्यानडासँग जारी खेलमा नेपालले ५ विकेट गुमाएको छ। २९।३ ओभरमा नेपालले पाँच विकेट गुमाएको हो।

त्रिवि क्रिकेट मैदानमा भएको एकदिवसीय सिरिजमा टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ६२ रन बनाए। उनले एक छक्का र ९ चौका प्रहार गरे।

त्यसैगरी ओपनर आसिफ शेखले २४ बलमा ८ र कप्तान रोहित पौडेलले १७ बलमा ८ रन, भीम सार्कीले २६ बलमा १७ रन कुशल मल्लले ३२ बलमा २० रन बनाएर आउट भए।

 

नेपालले ३५ ओभरको समाप्तिसँगै ५ विकेट गुमाएर १५९ रन बनाएर खेलिरहेको छ। अहिले पवन सर्राफ र आरिफ शेखले साझेदारी गरिरहेका छन्। शेखले ४२ बलमा २७ रन र सर्राफले १२ बलमा ७ रन बनाएर खेलिरहेका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार