कामीडाडा–ताढुङगा सडकलाई संघीय सरकारको समपुरकमा राख्न पूर्वमन्त्री दोङले थाले छलफल

काठमाडौं । काभ्रे जिल्लाको अति विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको केन्द्र र सदरमुकाम धुलिखेलसँग जोड्ने महत्वपूर्ण सडकखण्ड पनौती –खोपासी–कामीडाडा–ताल्ढुङ्गा सडक (कामीडाडा–ताढुङगा खण्ड) संघीय सरकारको समपुरकमा राख्ने निर्णयका लागि पूर्वमन्त्री एवं संघीय सांसद सुर्यमान दोङले छलफल थालेका छन् ।

सो सडकखण्डलाई संघ–प्रदेशको समपुरकमा राख्ने निर्णय गर्दै बागमती प्रदेश सरकारले मंगलबार संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णय लगत्तै काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद एवं पूर्वमन्त्री सुर्यमान दोङले सरोकारवालासँग छलफल थालेका हुन् । उनले बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठसँग छलफल गरेका छन् ।

दोङले प्रदेश सरकारले समपुरक अनुदानमा राख्ने निर्णय गरिसकेको जानकारी गराउँदै संघीय सरकारले यसलाई निर्णय गर्नका लागि आग्रह गरे । ‘काभ्रेको लागि यो अत्यन्तै महत्वको परियोजना हो, खासगरी डाँडापारि क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि यो सडक बनाउनुको विकल्प हामीसँग छैन’ पूर्वमन्त्री दोङले उपाध्यक्ष श्रेष्ठसँग भने, ‘यो सडकको सन्दर्भमा राष्ट्रिय योजना आयोगबाट अविलम्ब निर्णयका लागि प्रस्ताव होस्, यो सिंगै काभ्रेली जनताको भावना र संवेदनासँग जोडिएको आयोजना हो ।’

जवाफमा उपाध्यक्ष श्रेष्ठले यो आयोजनालाई संघीय सरकारको समपुरक अनुदानमा राख्नका लागि राष्ट्रिय योजना आयोगले निर्णयसहितको प्रस्ताव गर्ने बताए । ‘तपाईले काभ्रेली जनताको तर्फबाट जे कुरा राख्नुभयो, जुन समस्या सुनाउनुभयो त्यो सबैलाई मध्यनजर गरेर यो सडकलाई प्रदेश सरकारको निर्णय अनुसार नै संघीय सरकारबाट निर्णय गर्न हामीले प्रस्ताव गर्छौ’ उपाध्यक्ष श्रेष्ठले भने ।

सो सडकखण्डलाई समपुरक अनुदानमा समावेश गर्नेगरी निर्णय गर्नका लागि खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले भौतिक पूर्वाधारमन्त्री दुलाल र मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग छलफल गरेका थिए । सो सँगै अध्यक्ष थिङले संघीय सांसद एवं पूर्वराज्यमन्त्री सुर्यमान दोङ र प्रदेश सांसद एवं पूर्वमन्त्री रत्न ढकालसहितसँग समेत छलफल गरेका थिए । पूर्वमन्त्री दोङले प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय समेत गरेका थिए ।

छलफल अनुसार अध्यक्ष थिङले गाउँपालिकाको तर्फबाट पूर्वाधार विकास कार्यालय काभ्रेमा प्रस्ताव पेश गरेका थिए । गाउँपालिकाको प्रस्तावलाई आवश्यक निर्णयका लागि पूर्वाधार विकास कार्यालयले भौतिक पूर्वाधार मन्त्रालय हेटौँडामा पेश गरेको थियो । सोही प्रस्ताव मन्त्रालयको तर्फबाट आज मन्त्री दुलालले मन्त्रिपरिषद बैठकमा पेश गरेका थिए । सो प्रस्ताव मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।

यो पनि पढ्नुहोस् : कामीडाडा–ताल्ढुङगा सडक ‘संघ–प्रदेश’को समपुरकमा राख्न प्रदेश सरकारको निर्णयसहित सिफारिस

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार