गाैरिशंकर मावि विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा जगेन्द्र निर्वाचित

शिवु खनाल १८ माघ २०८०, बिहीबार समाचार

देउखुरी  । राजपुर गाउँपालिका वडा नम्बर ७ गाैरिशंकर माध्यमिक विद्यालयकाे नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा जगेन्द्र रानाकाे प्यानल विजयी भएको छ । बुधबार भएको निर्वाचनमा विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष जगेन्द्र राना, सदस्यहरु गाैसरी खड्का, प्रदिप विक, सुनमाली कँवर, मिना विक, बालाराम गिरी, पदेन सदस्य पुष्कर वली रहनु भएको छ ।

निर्वाचनमा कुल ९३ मतदाता मध्य ८१ मत खसेको थियो । जगेन्द्र रानाकाे प्यानलकाे पक्षमा ४० मत र विपक्षमा ३८ मत खसेको खसेको थियोे । ३ मत बदर भएको हाे । लामो समय देखी नेतृत्व विहिन भएको विद्यालयले बुधबार निर्वाचनबाट नेतृत्व पाएकाे छ । पटकपटक अभिभावक भेलाबाट समेत सर्बसम्मत हुन सकिरहेको थिएन । नयाँ विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीको टुङ्गो लगाउन प्रयास गरेपनि अन्तत निर्वाचन नै गर्नु परेको थियो ।

अविभावक भेला नहुदा तथा विद्यालय व्यबस्थापन समितिले पूर्णता नपाउदा विद्यालयको सामाजिक परीक्षण हालसम्म हुन सकेको छैन । नयाँ समितिको अध्यक्ष पदमा निर्वाचित भए पश्चात अध्यक्ष जगेन्द्र रानाले विगतमा विद्यालयमा भै रहेका गलत गतिबिधीको अन्त्य गर्दै आफ्नो कार्यकालमा शैक्षिक गुणस्तरलाई सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अध्यक्षको कार्यभार सम्हाल्दै अध्यक्ष रानाले आफ्नो कार्यकालमा विद्यालयमा शिक्षक तथा विद्यार्थीको अनियमिततालाई नियमित गराउने, शैक्षिक गुणस्तरता बृद्धि गर्न पहल गर्ने, चाडै नै विद्यालयको सार्वजनिक परीक्षण सम्पन्न गराउने, अविभावक जम्मा गराई शिक्षक अविभावक संघको गठन गर्ने प्रतिबिद्धता जनाउनुभएको छ ।शैक्षिक गुणस्तरलाई बृद्धि गर्दै गाउँको विद्यालयवाट अध्ययनका लागि बाहिर गएका विद्यार्थीलाई पुन फर्काउन पनि आफुले पहल गर्ने समेत अध्यक्ष रानाले प्रतिवद्धता जनाउनुभएको छ ।

त्यसैगरी गत माघ १२ गते शुक्रवार राजपुर गाउँपालिका वडा नम्बर ६ बालकल्याण मावि खांग्रानाकाको अभिभावक भेला बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर रोकाको अध्यक्षतामा सम्पन भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा बरमान रोका र शिक्षक अभिभावक संघको अध्यक्ष पदमा गोबर्धन बस्नेतलाई चयन गरेको गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार