श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

उज्यालो प्रतिनिधि १६ माघ २०८०, मंगलवार समाचार
फिक्कल (इलाम)  ।    श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बू सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
तामाखोला दोभानमा बस्दै आएका उनीहरुबीच शुक्रबार साँझ झैझगडा भएको थियो । झगडाका क्रममा बालध्वजको कुटपिटबाट गम्भीर घाइते भएकी हस्तकुमारीको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो । त्यसपछि श्रीमतीको शव लिएर माङसेबुङ आएका बालध्वजलाई प्रहरी चौकी इभाङको टोलीले घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार