आहारारा गोल्डकप : मनाङ–मर्स्याङ्दी र जावलाखेल भिड्दै

उज्यालो प्रतिनिधि १५ माघ २०८०, सोमबार खेल
गण्डकी  ।  पोखरामा जारी २३औँ संस्करणको आहारारा पोखरा गोल्डकपअन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा मनाङ–मर्स्याङ्दी र जावलाखेल युथक्लब आमनसामने हुँदैछन् ।
पोखरा रङ्गशालामा आज दिउँसो २ः३० बजे सुरु हुने उक्त खेलको विजेता समूहले सेमिफाइनलमा थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भूटानको पारो फुटबल क्लबलाई २–० गोलले हराउँदै थ्रिस्टार क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मी क्लब, मङ्गलबार हुने चर्च ब्वाइज र एपिएफ क्लबबीचको खेलको विजेतासँग सेमिफाइनलका लागि खेल्नेछ ।
प्रतियोगिताका विजेताले रू १२ लाख एक हजार र उपविजेताले रू छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार