न्याय क्षेत्रका लागि उपयोगी हुने पुस्तक ‘न्याय’ सार्वजनिक

उज्यालो प्रतिनिधि १२ माघ २०८०, शुक्रबार समाचार
काठमाडौँ  ।   न्याय क्षेत्रका लागि सबैलाई उपयोगी हुने हुने पुस्तक ‘न्याय’ सार्वजनिक भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन सर्वोच्च अदालत विभागीय कार्य समितिद्वारा प्रकाशित पुस्तक ‘न्याय’ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लोकार्पण गरे । उनले कानुन र न्यायको क्षेत्रमा काम गर्ने सबैका लागि पुस्तक महत्वपूर्ण भएको भन्दै यसले पुस्तक अध्ययन गर्ने बानीको विकासमा पनि मद्दत पुग्ने बताए ।
नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ काइरालाले न्याय र कानुनका क्षेत्रमा लामो अनुभव र विज्ञता हासिल गरेका लेख भएकाले यो पुस्तक महत्वपूर्ण भएको बताए । उनले अहिलेसम्म सरकारले निजामती ऐन ल्याउन नसक्दा धेरै कर्मचारी प्रभावित भएको बताए ।
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना वैदिक तथा एतिहासिक काम भएको र न्याय प्रणालीका सबै अवयव समेटिनु महत्वपूर्ण भएको बताए । उनले कानुन अध्ययन गर्नेका लागि यो पुस्तक अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरे ।
महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले न्याय पुस्तक प्रकाशन गर्ने काम धेरै मेहनतले लेखिएको, अनुभव भएको र सबै न्याय क्षेत्रका व्यक्तिका लागि काम लाग्ने बताए । उनका अनुसार पुस्तक जिल्ला न्यायाधीश, सहसचिव, उपसचिव शाखा अधिकृत र अधिवक्ताको परीक्षाको पाठ्यक्रममा आधारित छ ।
सर्वोच्च अदालतका आठ, उच्च अदालतका १७, जिल्ला अदालतका ३२, न्यायाधीश राजपत्राङ्कित विशिष्ट श्रेणीका चार, सहसचिव, उपसचिव, वरिष्ठ अधिवक्ता तथा अधिवक्तासहितका विज्ञका एक सय तीन लेख एकीकृत गरिएको उक्त सङ्ग्रह १५९६ पेजको रहेको छ ।
सहन्यायाधिवक्ता गोविन्द खनालका अनुसार न्याय पुस्तकले ८७ लेखेका १०३ लेख रहेका छन् । लेख ४० औँ वर्ष न्याय क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिले लेखेका उनले जानकारी दिए । न्याय सेवाप्रति आशा भरोसा राख्ने, न्याय सेवाप्रति चासो राख्ने, न्याय सेवालाई नै जीवनपद्धति बनाउँदै यसमा भविष्य खोज्ने न्यायिक जनशक्ति निर्माणका लागि पुस्तक उपयोगी हुने आयोजकको भनाइ थियो ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार