अफगानिस्तानविरुद्धको खेलमा नेपाललाई छैटौँ सफलता

उज्यालो प्रतिनिधि १२ माघ २०८०, शुक्रबार खेल
काठमाडौँ   ।    आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्धको खेलमा ६ विकेट लिएको छ ।
दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ गरिरहेको अफगानिस्तानले १७ ओभरमा ६ विकेट गुमाएर ७५ रनको योगफल बनाएको छ । नेपालका लागि आकाश चन्द एक्लैले पाँच विकेट लिएका छन् । यस्तै गुलशन झाले १ विकेट लिए ।
पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शून्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर विपिन रावलको हातबाट क्याच आउट भए । त्यसपछि आकाशले लगातार थप तीन विकेट लिँए ।
जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खानलाई पनि ४ रन तथा अली अहमदलाई शून्यमा आउट गराए । आकाशले व्यक्तिगत पाँचाँै विकेट लिने क्रममा हसन इशाखिललाई २० रनमा आउट गराए ।
यस खेलको विजेता टोली प्रतियोगिताको सुपर सिक्सम पुग्नेछन् । त्यस्तै पराजित हुने टोली १३औँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार