लमही महोत्सवमा धोका दिनेहरुलाई एलिनाले हानिन् कट्टा

शिवु खनाल १२ माघ २०८०, शुक्रबार समाचार

देउखुरी । लमहीमा जारी महोत्सवमा बिहवार एलिना चौहान प्रमुख आकर्षणको केन्द्र थिइन् । चर्चित गायिका स्टेज उक्लिदै थिइन् । स्टेज अगाडिबाट दर्शकहरुले कसैले एलीना एलीना भन्दै थिए भने कसैले मलाई धोका दियौँ भने मा कसल कट्टा हान्दिन्छु भन्दै गायिका एलीनालाई दर्शकले साथ दिए । साझ ढल्दै थियो । गायिका एलीना चौहानको पहिलो प्रस्तुतीले महोत्सवमा खटिएका सुरक्षाकर्मीलाई हम्मे हम्मे पा-यो । स्टेज अगाडि लगाइएको बार समाल्न धौ धौ भयो । माघ १२ गते लमहीमा जारी महोत्सवमा अहिलेकी चर्चित गायिका एलिना चौहानले विभिन्न प्रस्तुती राखिन् । दर्शकहरु एलीनाका प्रस्तुतीमा निकै झुमे अनि गाय पनि ।

 

लमहीको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीनपार्क मैदानमा जारी दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सव २०८० महोत्सवमा दर्शकको साथ बढ्दै गएको छ । महोत्सवको साताँै दिन बिहिवार दर्शकको उल्लेख्य उपस्थिती रहयो । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत दर्शकहरुको भीड लागेको थियो । महोत्सवमा उठ सवारको भिड लागेको छ । महोत्सवमा बिहिवार चर्चित गायिका एलीना चौहानको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।

वालवालिका, युवाहरुले एलीना चौहानको धोकेबाज हौ तिमी, कट्टा हान्दिन्छु, मिनरवाटर, यो भाग्यमा खोट छ, बिष पिउन मन लाग्छ, सिन्धुरको धर्को, लगायत एकदर्जन भन्दा बढी सांगेतिक प्रस्तुतीमा भरपुर मनोरन्जन लिएका थिए । चौहानसंगै चर्चित मोडेल बिजय पुन, कमेडियन तथा क्यारिकेचर दिनेश काफ्ले, सगरमाथा ग्रुप लगायतको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी चर्चित मोडेल बिजय पुनको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको लमही महोत्सवका कलाकार संयोजक शिवु खनालले जानकारी दिए ।

महोत्सवमा शुक्रवार चर्चित गायिका प्रिती आले, हास्यकलाकार कमल गाउँले, मोडेल बिजय पुन लगायतका कलाकारहरु आउँदै छिन् । त्यसैगरी महोत्सवमा कार्यक्रम उद्घोषक दिपक खड्का, अनुप बुढा मगर, दिपक बर्मा, मोडेल सुस्मिता कोइराला, सगरमाथा डान्स ग्रुप, पि।डि।एच डान्स ग्रुप लगायतको प्रस्तुती रहनेछ । महोत्सवको सातौ दिन प्रमुख आकर्षणको रुपमा ऐलीना चौहानलाई आमन्त्रण गरिएको हो । माघ ५ गतेदेखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, भइरहेको कलाकार संयोजक खनालले जानकारी दिए ।

 

लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीनपार्कको ९पर्यटकीय स्थल० को प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना भएको दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सव २०८० मा विशेष आर्कषक रूपमा रहेको उठले दर्शकको संख्या बढेको छ । लमहीमा रहेको जैविक विविधता ग्रीनपार्कको मेलास्थलमै अवलोकन गर्न सकिन्छ  ।महोत्सवभित्र निःशुल्क व्यवस्था गरिएको छ । जो महोत्सवभित्र गएको दर्शकहरूले एक पटक अवलोन गरेरै फर्किएको आयोजकको दावी रहेको छ । मेलामा दिन प्रतिदिन दर्शकहरूको संख्या बढिरहेको छ  । शनिवार लोक तथा दोहरी गायक बद्री पंगेनी, गायिका सृजना खत्री ९हाउडे माया०, यादवनाथ योगी, मोडेल सुहान भट्टराई लगायतको प्रस्तुती रहने छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार