ब्लड क्यान्सर पीडित नावाङ मोक्तानलाई १ लाख ३६ हजार ७ सय सहयोग

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ आश्विन २०७६, सोमबार फोटो समाचार

काठमाण्डौ । डाँडापारी टेलिभिजनको सकृयतामा ब्लड क्यान्सर पीडित नावाङ मोक्तानलाई १ लाख ३६ हजार ७ सय सहयोग प्रदान गरेको छ । राजधानिस्थित नयाँबानेश्वरमा एक कार्यक्रम गरी नावाङ मोक्तानका बुवा ज्ञान बहादुर मोक्तानलाई रकम हस्तान्तरण गरिएको हो ।

“टेलिभिजनको सकृयातामा चरणबद्ध रुपमा सहयोग हस्तान्तरण गर्दै आएका छौ र अर्को पटक पनि आवश्यकताअनुसार सहयोग गर्दै जानेछौ । ” डाँडापारी टेलिभिजनका अध्यक्ष मोतिलाल मोक्तानले बताए ।

मलेसियाबाट गायक नबिन लुङबा,हिरामाया मोक्तान र पाल्साङ वाइबाको सकृयतामा संकलित रकम र डाँडापारी टेलिभिजनबाट हालसम्म उठाएको रकम बुझाएको हो । उक्त रकम हस्तान्तरण गर्दा पीडितका बुवा ज्ञान बहादुर मोक्तान, डाँडापारी टेलिभिजका टिम लगायत मोडल बिपना मोक्तानको उपस्थिती रहेको थियो ।

डाँडापरी टेलिभिजनले ब्लड क्यान्सर पीडित मोक्तानलाई उपचार खर्च जुटाउन विभिन्न संघ संस्था,ब्यक्तिगत रुपमा सहयोग गर्न आवह्वान गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार