आहा रारा गोल्डकप : आज त्रिभुवन आर्मी र राइजिङ स्टारबीच प्रतिस्पर्धा

उज्यालो प्रतिनिधि १० माघ २०८०, बुधबार खेल

काठमाडौँ २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दिउँसो २ बजे पोखरा रङ्गशालामा हुने खेलमा दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । आहा रारा गोल्डकपमा आर्मी १५औँ पटक खेल्दैछ भने राइजिङको यो पहिलो पटक हो ।

आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । उसले माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ ।

यसअघि, हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–१ गोलले हराउँदै थ्री स्टार क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले सेमिफाइनल प्रवेशका लागि भुटानको पारो एफसीसँग खेल्नेछ ।

प्रतियोगितामा ८ ‘ए’ डिभिजन, एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार