प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेश विजयी

उज्यालो प्रतिनिधि ७ माघ २०८०, आईतवार खेल
काठमाडौँ   ।   प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १४२ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको छ ।
जीतका लागि एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश १५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै कूल २५ रनमा समेटियो । कोशीका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कोशीका कप्तान अङ्कित सुवेदीले ८ रन जोडे भने कमल खत्रीले ५, आशिष भट्टराई र अभ्यास तिमिसिनाले समान तीनरतीन रन जोडे । बलिङततर्फ गण्डकी प्रदेशका विपीन खत्री एक्लैले ६ विकेट लिए भने सन्दीप पराजुलीले तीन विकेट झारे भने अङ्कित न्यौपानेले एक विकेट लिए ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनायो । गण्डकीका लागि मुस्कान थापाले ६७ रनको योगदान दिए । उनले एक सय २२ बल खेल्दै सात चौकाको मद्दतमा ६७ रन बनाएका हुन् । त्यसैगरी कप्तान विपीन खत्रीले ४२ रन बनाए भने कमल परियारले १३ रन जोडे ।
कोशी प्रदेशका अभ्यास तिमिसिनाले ६ विकेट लिए भने सन्दीप पराजुलीले तीन तथा अङ्कित न्यौपानले एक विकेट लिए । यस जीतसँगै गण्डकीले पहिलो जीत दर्ता गराएको छ । गण्डकीले चार खेलमा दुई अङ्क जोडेको छ । छैटौँ खेलमा पराजित रहेको कोशी प्रदेश भने अङ्कविहीन छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार