जनता जोगाउने र हात्ती धपाउने अभियानमा निकुञ्ज

उज्यालो प्रतिनिधि ५ माघ २०८०, शुक्रबार समाचार

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका जङ्गली हात्तीले बस्ती पसेर जनतालाई सास्ती दिन थालेपछि जनता जोगाउने र हात्ती धपाउने अभियानमा निकुञ्ज प्रशासन लागेको छ । बिशेषगरी ध्रुवे र गोविन्दे हात्तीले निकुञ्जको मुख्यालय कसराबाट पश्चिम क्षेत्रमा जनतालाई सास्ती दिन थालेपछि जनता जोगाउने र हात्ती धपाउने काम गर्न लागिएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दुई हात्ती मेघौली र माडी क्षेत्रमा बस्तीमा पस्न थालेपछि स्थानीयस्तरमा रहेको सेना र निकुञ्जको टोलीलाई सहयोग गर्न थप एक टोली पठाइएको छ । विगत तीन–चार दिनदेखि टोली परिचालन गरिएको उनले बताए।

उनले भने, “निकुञ्जको कार्यालयबाट हात्ती धपाउन थप एक टोली पठाइएको छ । यसले हात्ती बस्तीमा पुगेको सूचनाका आधारमा त्यहाँ पुगेर हात्तीलाई जङ्गल धपाउने, जनता जोगाउने र क्षति कम गर्ने काम गर्दछ ।” हिजोआज धु्रवे र गोविन्दे मेघौली क्षेत्रमा रहेको सूचनाका आधारमा त्यस क्षेत्रमा टोली परिचालन गरिएको उनले बताए ।

उनले थपे “निकुञ्जबाट गएको टोली गाडीसहित रहेकाले जहाँ हात्ती छ, त्यहाँ पुग्न सक्छ । टोलीले स्थानीयस्तरमा रहेका निकुञ्जका कर्मचारी र नेपाली सेनाका कर्मचारीको सहयोगमा हात्तीलाई धपाउँछ ।” पश्चिम क्षेत्रमा रहेका दुई हात्तीका कारण निकुञ्ज हुँदै माडी प्रवेश गर्ने सडकमा जोखिम बढेको छ । कहिलेकाहीँ हात्ती सडक आसपासमा भएको सूचनाका आधारमा सवारी आवागमन नै रोकिने गरेको तिवारीले जानकारी दिए। अन्य समयमा समेत निकुञ्ज पार गर्न मोटरसाइकललाई समूहमा पठाउने गरिएको छ ।

निकुञ्जमा रहेका चार जङ्गली हात्तीमध्ये पूर्वी क्षेत्रमा मकुना र रोनाल्डो रहेका छन् । ती हात्तीले अहिले खासै समस्या नदिए पनि पश्चिम क्षेत्रमा रहेका हात्तीले बस्तीमा पसेर जनतालाई त्रसित बनाएका छन् । लामो दूरी हिँडेर आतङ्क मच्चाउने धु्रवे हात्ती हो । तिवारीले भने, “हामीले निकुञ्ज आसपास बस्ने जनतालाई सजग रहन भनेका छौँ । मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न जाँदासमेत सजग भएर जान अनुरोध गरेका छौँ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार