ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु

उज्यालो प्रतिनिधि १ माघ २०८०, सोमबार विश्व

साओ पाउलो ।  ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान आएको आँधीले शहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

बाढीका कारण सयौं मानिसले आफ्नो घर खाली गर्नुपरेको दमकल विभागले जनाएको छ । उनीहरूलाई प्रभावित क्षेत्रबाट सुरक्षित क्षेत्रमा स्थापना गरिएका शिविरहरूमा राखिएको छ । शिविरहरूको व्यवस्थापनको लागि सुरक्षाकर्मीलगायतका विपद् व्यवस्थापन निकायका अधिकारीलाई खटाइएको छ ।

शहरका मेयर एडुआर्डो पेसले आपतकालिन स्रोत साधन र बाढीबाट प्रभावित मानिसहरूको हेरचाहका लागि सङ्कटकालीन अवस्थाको घोषणा गर्नुभएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार