छैठौँ राष्ट्रपति रनिङ्शिल्डको उपाधी गोरखा स्कुलको हातमा

शिवु खनाल २९ पुष २०८०, आईतवार लुम्बिनी

देउखुरी । लमही नगरपालिकाको आयोजनामा भएको छैठौँ राष्ट्रपति रनिङ्शिल्ड खेलकुद प्रतियोगितामा गोरखा मोडेल सेकन्डरी स्कुल लमहीले प्रथम उपाधी चुम्न सफल भएको छ । लमही नगरपालिकाको आयोजनामा यही पुष २४ देखि २६ गते सम्म सम्पन्न राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगीतामा १२ स्वर्ण, ६ रजत, ३ कास्यपदक गरि कुल २१ पदक जितेर गोरखा माबीले प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यसैगरि लमहीको आर्दश नमुना माबि देउपुरले दोस्रो स्थान हासिल गरेको छ । आर्दश नमुना माबिले ६ स्वर्ण, ४ रजत र ३ कास्य गरि १३ पदक प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी लमहीको रोजीबड्स बालबाटिका स्कुलले ४ स्वर्ण, ११ कास्य, ४ रजतपदका प्राप्त गरि तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा विभिन्न २० वटा बिद्यालयहरुले सहभागिता जनाएका थिए । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका प्रमुख राजनितिक सल्लाहकार जानकीलाल बस्नेतको प्रमुख आतिथ्यतामा खेलको समापन गरिएको थियो ।

 

प्रमुख अतिथि बस्नेत र नगर प्रमुख जोगराज चौधरी तथा उपप्रमुख लक्ष्मी लगाएतले बिजेताहरुलाई मेडल र प्रमाणप्रत्र प्रदान गर्नु भएको थियो । त्यसै गरि झाँकी तर्फ आर्दश माबी देउपुर प्रथम भएको छ ।माबी फल्कापुर दोस्रो र राप्ती माबि उचानिम्बुले तितृय स्थान हासिल गरेका छन् । प्रथम, दितिय र तृतिय हुने झाकीलाई क्रमश पाच, तिन, र दुईहजार पुरुस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका प्रमुख राजनितिक सल्लाहकार जानकीलाल बस्नेतले बिजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार