बिहान उठ्ने बित्तिकै फोन चलाउनु हुन्छ ?

एजेन्सी  । बिहान उठ्ने बित्तिकै फोन चलाउने वा सामाजिक सञ्जालमा अपडेट खोज्ने वा खबरहरू हेर्ने/पढ्ने कुरा सामान्य बनिसकेको छ । अधिकांश मानिसहरूमा अहिले यस्तो खालको बानी पाइन्छ । तपाई पनि बिहान उठ्ने बित्तिकै यस्तो काम गर्नु हुन्छ ? यो तपाईंको मानसिक स्वास्थ्यको लागि खतरनाक साबित हुन सक्छ ।

मोबाइल हेर्दा अनेक खालका नोटिफिकेशन देखिन्छ । यसमा कयौँ खालको सूचना हुन सक्छन् । उठ्ने बित्तिकै यस्ता विविध सूचनाको सम्पर्कमा आउँदा मान्छेमा तनावको भावना उत्पन्न हुन सक्छ । कामसँग सम्बन्धित लगातारको अपडेट, सामाजिक सञ्जाल र समाचारहरूले तपाईंलाई दबाब र तनावपूर्ण परिस्थितिमा ल्याउन सक्छ ।

  • स्लिप साइकल बिग्रन सक्छ

सुत्नु अघि र उठ्ने बित्तिकै फोन समातेर बस्ने बानीले स्लिप साइकल प्रभावित बनाउँछ । स्क्रिनबाट निस्कने निलो प्रकाशले मेलाटोनिनको निर्माणमा बाधा उत्पन्न गर्छ । यसले गर्दा सुत्न, निदाउन कठिन हुन सक्छ । रात बेचैनी र छटपटीमा बित्ने सम्भावना धेरै हुन्छ ।

  • लत लाग्छ

उठ्ने बित्तिकै लगातार फोन हेर्ने बानी एक खालको लत जस्तै हो । डोपामाइनले तपाईंलाई नोटिफिकेशन चेक गर्न र अनलाइनमा एक्टिभ रहन उक्साइरहन्छ । यो बानीबाट मुक्त हुन कठिन हुन सक्छ । यसले उल्टै व्यक्तिको एकाग्रता क्षमतालाई घटाउँदै लैजान्छ ।

  • ध्यान भड्किने

स्मार्टफोनमा निरन्तर झुन्डिइरहँदा ध्यान भड्किने, एकाग्रतामा बाधा उत्पन्न हुने समस्या देखिन सक्छ । बिहान वा दिनभरिमा जुन जुन काम पूरा गर्नु पर्ने हो, ती काममा ध्यान लगाउनुको सट्टा तपाई इमेल, सामाजिक सञ्जाल र अनलाइन गतिविधिमा अल्झिएर बस्नु हुनेछ । नियमित दिनको सुरुआतमा ढिलाइ हुन्छ ।

  • आँखामा असर

रातभरि सुतेर उठ्दा आँखाले बाहिरको उज्यालोसँग तालमेल गर्ने कोसिस गरिरहेको हुन्छ । यस्तोमा बिहानको समयमा लामो समयसम्म चमकदार स्क्रिनलाई नियालिरहँदा यसले आँखामा दबाब सृजना गर्छ । यसको कारण टाउको दुख्ने, आँखा सुख्खा हुने समस्या देखिन सक्छ । यसले तपाईंको सम्पूर्ण स्वास्थ्यमा असर पुर्‍याउँछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार