काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।
बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।
बम्जनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन परिवारले केही समय अगाडि पत्रकार सम्मेल गरी सरकारलाई आग्रह समेत गरेका थिए ।
मकवानपुर र नुवाकोटबाट आएका बेपत्ता परिवारले बम्जनको आश्रममा अनुसन्धान गर्न र वर्षौंदेखि बेपत्ता पारिएका आफन्त खोजी दिन सरकारलाई आग्रह गरेका थिए । २०७१ माघदेखि बेपत्ता भएको थियो ।
२०६८ सालमा बम्जनको आश्रममा गएपछि उनी घरमा एकपटक आएकी थिइन्। त्यो बेला एकरात बसेर बम्जनकै आश्रममा फर्केकी उनी अहिलेसम्म सम्पर्कमा नआएको परिवार स्रोतको दाबी छ ।
यसअघि बम्जनको आश्रम बस्ने एक आनिलाई बलात्कार गरेको आरोप लागेको भए पनि पुष्टि भएको थिएन ।