जर्मनीका महान् खेलाडी बेकेनबाउरको निधन

उज्यालो प्रतिनिधि २४ पुष २०८०, मंगलवार खेल

म्युनिख । विश्वकै महान् खेलाडीहरू मध्ये एक मानिने जमर्नीका लिजेन्ड फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । । उनले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानी गर्दै विश्वकप जितेका थिए । खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने सीमित खेलाडीहरू मध्ये उनी एक हुन् । सन् १९९० मा प्रशिक्षकका रूपमा उनले पुनः विश्वकपको ट्रफी उचाले । उनीबाहेक यो उपलब्धि फ्रान्सका डिडिएर डेस्च्याम्प्स र ब्राजिलका मारियो जागालोले मात्र हासिल गर्न सफल भएका छन् । जागालोको गत हप्ता ९२ वर्षको उमेरमा निधन भएको थियो ।

डिफेन्डर र मिडफिल्डरका रूपमा मैदानमा उत्रने बेकेनबाउरले जर्मन महारथी बायर्न म्युनिखका लागि ५८२ खेल खेल्दै लिग उपाधि पनि जितेका थिए । उनले प्रशिक्षकका रूपमा पनि लिग उपाधि जित्न सफल भए ।उनले सन् १९७४, १९७५ र १९७६ मा बायर्नलाई युरोपियन कपको उपाधि दिलाएका थिए । सन् १९८२ मा ह्यामबर्गसँग पनि उनले लिग उपाधि हात पारे ।
सन् १९६६ को विश्वकपमा उनले मात्र २० वर्षको उमेरमा चार गोल गरेका थिए । उनी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भए । पश्चिम जर्मनीका लागि उनले १०३ खेल खेलेका थिए ।सन् १९६६ को विश्वकपमा उनले मात्र २० वर्षको उमेरमा चार गोल गरेका थिए । उनी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भए । पश्चिम जर्मनीका लागि उनले १०३ खेल खेलेका थिए ।

‘डर काइसर’ उपनामले चिनिने बेकेनबाउरले सन् १९७२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए । उनले दुईपटक बालोन डी’ओरको उपाधि पनि पाएका थिए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार