जोसेफ डान्सिङ आइडल र सिङ्गिङ स्टार सम्पन्न

काठमाडौँ । जोसेफ एजुकेसन नेटवर्क अन्तर्गत जोसेफ पब्लिक स्कुल, माहाङ्काल र जोसेफ हाइ स्कुल कपन मिलनचोकको जोसेफ डान्सिङ आइडल सिजन ३ र सिङ्गिङ स्टार सिजन २ सम्पन्न भएको छ । जोसेफ एजुकेशन नेटवर्कका प्रीन्सिपल सुर्य बहादुर अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा बाग्मती प्रदेशका सांसद मिना रानाको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथीज्युले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनको निमित्त जोसेफ स्कुलले आयोजना गरेको कार्यक्रममा उपस्थित हुन पाउदा खुशी भएको बताए । साथै उत्तोतर प्रगतीको कामना सहित उज्वल भविष्यको कामना गरे ।

कार्यक्रमको जानकारी सहित मन्तव्य दिदै सभापती एवम प्रीन्सिपल सुर्य बहादुर अधिकारीले जोसेफ द्वारा बर्षेनी यस्तो कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । साथै बिजेता सम्पुर्ण बिध्यार्थीहरुलाइ बधाइ दिनुहुदै बिजेता हुने विद्यार्थीहरुलाई विद्यालयले मासिक शुल्क र अर्को बर्ष भर्ना शुल्क पनी छुट दिने जानकरी दिए । कार्यक्रम सफल वनाउनको निमित्त अहोरात्र खटिने जोसेफ पब्लिकका प्रीन्सिपल मनोज अधिकारी, इन्चार्ज सर म्यामहरु, सम्पुर्ण शिक्षक, शिक्षिका साथै नृत्य निर्देशकहरु प्रकाश शर्मा र लक्ष्मी पुरी, सङ्गीत प्रशिक्षक वरिष्ठ गायिका कुन्ती मोक्तान सवैलाई धन्यबाद ज्ञापन गरे ।

जोसेफ हाइ स्कुल कपनको प्राङ्गणमा आयोजित डान्सिङ आइडलको निर्णायकको रुपमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सह-कोषाध्यक्ष एवम नेशनल डाइनामिक आर्ट्सका प्रवन्ध निर्देशक केशब कोइराला र नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सदस्य सुनिल गिरि रहेका थिए । जोसेफ पब्लिक र जोसेफ हाइ बाट जुनियर, मिडियम र सिनियर तीन तह गरेर ३० जना विद्यार्थी फाइनलमा पुगेको थियो ।

जोसेफ डान्सिङ आइडल सिजन ३ का बिजेताहरु
जोसेफ पब्लिक स्कुलको बिजेताहरु
जुनियर तहबाट
प्रथम: निशा सुवेदी, द्वितीय: बिबिशा भट्टराइ, तृतीय: बिनिशा थापा र चौथो: आशिका दुरा
मिडियम तहबाट
प्रथम: रेजिना तामाङ, द्वितीय: निस्था शाक्य, तृतिय: आयुशा तामाङ र चौथो सुश्रीका गुरुङ
सिनियर तहबाट
प्रथम: लाप्साङ घिसिङ, द्वितीय: स्वयसा लुइटेल, तृतिय: निशा थापा र चौथो : शृष्टी कटुवल
जोसेफ हाइ स्कुलको बिजेतहरु
जुनियर तहबाट
प्रथम: रिदिमा लामा, द्वितीय दिपशिखा बस्नेत, तृतिय नाम्लिङमा फागु र चौथो क्युशा नगरकोटी
मिडियम तहबाट
प्रथम: रविना बसेल, द्वितीय: तानिया सिं, तृतिय: स्वयस अधिकारी र चौथो : मान्यता काफ्ले
सिनियर तहबाट
प्रथम: सन्दीप लामिछाने, द्वितीय: अन्किता थापा, तृतिय: आहाना श्रेष्ठ र चौथो: दिप्ती सुनुवार

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार