देउखुरी । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रीकेट छनोट प्रतियोगिता २०८० को लिग चरणको अन्तिम खेल म्याच नं १० अन्तर्गत शनिबार लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट स्टेडियममा भएको ग्रुप बि अन्तर्गतको दोस्रो र तेस्रो स्थानको खेलमा दाङले बर्दियालाई १० विकेटले पराजित गरेको छ ।
मौसमका कारणले ४४ ओभरमा छोट्टाईएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बर्दियाले ३३.२ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर मात्र ९४ रन बनायो । व्याटिङमा बर्दियाका लागि सर्वाधिक हेमन्त आचार्यले ४८ रन नटआउट बनाए । तेस्तै सुजल केसिले १४ रन बनाए । ७ विकेटका लागि हेमन्त र सुजलको जोडिले ३४ रनको साझेदारी गरेका थिए । ४ जना खेलाडीले खाता समेत खोल्न सकेनन् भने अन्यले दोहोरो अंकसमेत जोडेनन । अतिरिक्तमा बर्दियालाई ८ रन मिल्यो ।
बर्दियालाई सस्तैमा समेट्न दाङका स्टाराइक बलर विर बहादुर घर्ती मगरले ९ ओभरमा २ मेडन राखी २३ रन खर्चेर ४ विकेट लिए । तेस्तै आशिस वलिले ६.२ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिए । तेस्तै मिलन विसि, मोहन खत्री र विराट सिङ भण्डारीले १-१ विकेट लिए । जवाफी ९५ रनको लक्ष्य पछ्याएको दाङले १९.५ ओभरमा कुनै पनि विकेट नगुमाई उक्त लक्ष्य पूरा गर्यो । तेस्तै दाङका लागि कप्तान सुशान्त सिङ थापाले ५५ बलमा ८ चौकाको मद्दतमा ४८ रन बनाए भने विराट सिङ भण्डारीले ६४बलमा ३ चौकाको मद्दतमा ३२ रन बनाए ।
बलिङमा बर्दियाका लागि सुमित श्रेष्ठले ७ ओभरमा २ मेडन राखी १२ रन खर्चिए । यो सङै यो खेल दाङले १० विकेटले जित्न सफल भयो । यस खेलको म्यान अफ द म्याच दाङका विर बहादुर घर्ती मगर भए । उनलाई नेपाल क्रीकेट संघका कोच वसन्त शाही ठकुरी म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नुभयो । तेस्तै भोलि २२ गते फाइनल खेल नवलपरासी र बाँके बिच सिदार्थ क्रीकेट रंगशाला भैरहवामा हुनेछ । प्रधानमन्त्री कपका लागि छनौट प्रतियोगिताको आयोजना गरिएको हो ।
पौष १२ देखि २२ गते सम्म सँचालन भएको छनौट प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ जिल्लाले सहभागी जनाएका थिए । सहभागी टिमहरुलाई दुई भागमा बिभाजन गरिएको थियो । समूह ए मा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलबस्तु थिए भने समूह बि मा दाङ, बाँके र बर्दिया रहेका छन् ।यो भन्दा अघि समूह ए बाट नवलपरासी फाईनल प्रबेश गरेको छ भने समूह बि बाट हिजो दाङलाई हराउँदै बाँके फाईनल प्रबेश गरेको हो ।
बाँके र नवलपरासी बिचको फाईनल प्रतिस्पर्धा आईतबार सिदार्थ क्रीकेट रंगशाला भैरहवामा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेल्ने १४खेलाडीहरुको छनौट गरि लुम्बिनी प्रदेश क्रिकेट टिम खडा गरिनेछ र सो टिम आगामी २७ गतेदेखी हुने प्रधानमन्त्री कपमा सहभागी हुनेछ ।