प्रधानमन्त्री कप छनौट दाङलाई ३ विकेटले हराउँदै बाँके बिजयी

शिवु खनाल २१ पुष २०८०, शनिबार खेल

देउखुरी  ।   प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगिताको तस्रो खेलमा बाँके बिजयी भएको छ । दाङको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा भएको खेलमा दाङ, बाँकेसँग ३ विकेटले पराजित हुन पुग्यो । यो जित सँगै बाँकेले फाईनलको यात्रा तय गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको दाङले ३९ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १ सय ४४ रन बनायो । दाङका लागि सर्वाधिक मोहन खत्री र आशिष वलिले समान ४६-४६ रन बनाए । खत्रि र वलीले पाचौं विकेटको लागि ७६ रनको साझेदारी गरेपनि जितका लागि स्कोर तयार गर्न भने सकेनन् । मोहनले ५६ बलमा २ चौका र एक छक्काको मद्दतमा ४६ रन बनाए भने आशिषले ७९ बलमा २ चौकाको मद्दतमा ४६ रन बनाए ।

त्यस्तै कप्तान सुशान्त सिङ थापाले १४ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।दाङलाई सस्तैमा समेट्न बाँकेका विजय चौधरी, लभकुश यादव र धन बहादुर छेत्रीले समान २-२ विकेट लिए । जवाफी १ सय ४५ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको बाँकेले ३५.४ ओभरमा आफ्नो महत्त्वपूर्ण ७ विकेट गुमाएर भेट्टायो ।बाँकेलाई जित दिलाउन सुनिल भण्डारीले सर्वाधिक ३८ रनको पारी खेले ।

त्यस्तै मोहम्मद सादाब अन्सारीले १७ रन, सिद्धान्त राज शाहीले १४ रन , राहुल शर्माले ११ रन बनाए । त्यस्तै विजय चौधरीले नटआउट १० रन र लभकुश यादवले २१ रन नटआउट हुँदै टिमलाई जित दिलाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । दाङका सुजल वलिले ८ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएपनि टिमलाई जित दिलाउन सकेनन् । त्यस्तै विर बहादुर घर्ती मगरले ६ ओभरमा १ मेडन राखी २२ रन खर्चेर २ विकेट लिए ।

प्रतियोगितामा बाँकेका लभकुश यादब म्यान अफ दि म्याच घोषित भए । प्रधानमन्त्री कपका लागि छनौट प्रतियोगिताको आयोजना गरिएको हो । पौष १२ देखि २२ गते सम्म सँचालन भएको छनौट प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ जिल्लाले सहभागी जनाएका थिए । सहभागी टिमहरुलाई दुई भागमा बिभाजन गरिएको थियो । समूह ए मा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलबस्तु थिए भने समूह बि मा दाङ, बाँके र बर्दिया रहेका छन ।
यो भन्दा अघि समूह ए बाट नवलपरासी फाईनल प्रबेश गरेको छ भने समूह बि बाट दाङलाई हराउँदै बाँके फाईनल प्रबेश गरेको हो ।

बाँके र नवलपरासी बिचको फाईनल प्रतिस्प्रधा आईतबार भैरहवामा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी हरुको छनौट गरि लुम्बिनि प्रदेश क्रिकेट टिम खडा गरिनेछ र सो टिम आगामी २७ गतेदेखी हुने प्रधानमन्त्री कपमा सहभागी हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार