काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले संविधान दिवसको अवसरमा असोज ३ गते राष्ट्रियसभा भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले भ्रष्टाचार,महँगी, तस्करी र कालो बजारी रोक्न नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । तरुण दलले आइतबार माइतीघर मण्डलामा ‘तरुण युवाको खबरदारी’ कार्यक्रम आयोजना गरेर विरोध प्रदर्शन गरेको हो ।
साथै संविधान दिवसको अवसरमा असोज ३ गते राष्ट्रियसभा भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।