राष्ट्रपति रनिङ शिल्डलाई लिएर इन्द्रावती गाउँपालिकाको सर्वत्र आलोचना

उज्यालो प्रतिनिधि १७ पुष २०८०, मंगलवार समाचार

सिन्धुपाल्चोक।यही मिति २०८० पौष १४-१६ मा सन्चालन भएको इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न झालझेल षड्यन्त्र भएको भन्दै सर्वत्र आलोचना सुरु भएको छ।

बिगत केही वर्ष यता गाउँपालिका र विद्यालयको सहकार्यमा हुदै आएको उक्त प्रतियोगिता भने यो वर्ष विवादित बनेको हो।
सिन्धुपाल्चोक अन्तरगत रहेका अन्य स्थानिय तहद्वारा आयोजित उक्त रनिंङ शिल्ड आफैले सन्चालन गर्ने गरेकोमा यता भने कर्मचारिको मनोमानिमा विद्यालयको दायित्व भित्र नपर्ने उक्त कार्यक्रम बिद्यालयलाई दिदै आएको देखिन्छ।

लागेका आरोपहरु यस प्रकार छन्।
आफूखुसी कार्यक्रम संचालनको जिम्मा श्री ऐसेलुखर्क मा.वि.लाई दिएर उदघाटन सत्रमा गाउँपालिका अध्यक्षले प्रतिस्पर्धाको आधारमा दिइएको भनि भाषण गर्नु,प्रतियोगितामा खेलाडी र अफिसियलहरुलाई अनावश्यक मानसिक टर्चर दिने काम गर्नु,त्यसमा शिक्षा शाखा प्रमुख मीन धामी नै संलग्न रहनु,बिगतमा झै आयोजक विद्यालयले कुनैपनि नगद पुरस्कारको व्यवस्था नगर्नु,गाउँपालिका अध्यक्षको सचिवालय र आयोजक विद्यालयको पोष्टमा प्रथम हुने विद्यालयको नाम समेत उल्लेख नगर्नु लगाएका गंभीर प्रकृतिका आरोप इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लागेका छन्।

कार्यक्रम फितलो अब्यबस्थित र अपारदर्शी भएको भन्दै प्रतियोगिताको बिचमै बिभिन्न प्रश्न उठेता पनि स्थानिय तह प्रमुख झम्क नाथ नेपाल मौन रहेका थिए।पछिल्लो समय इन्द्रावती गाउँपालिकाले गर्दै आएका  कार्यक्रम एब गतिबिधि विवादित बन्दै आएका छन।

उक्त इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री राजेश्वरी माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार