जिपी लामिछाने
टोकियो । सापोरो सहरको न्यू चिटोज विमानस्थलबाट हानेदा विमानस्थलमा पुगेको फ्लाइट ५१६ नम्बरको जापान एयर्लाइन्सको विमान ल्याण्ड गर्दा धावन मार्ग नजिक ठोक्कीएर आगलागी भएको छ! बिमान कोस्ट गार्डको अर्को बिमान सँग ठोकिएको अनुमान गरिएको छ!
जापान एयर्लाइन्सको बिमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको छ भने कोस्ट गार्ड बिमानमा सवार ६ जना मध्ये ५ जनाको मृत्यु भएको छ भने १ जना भाग्न सफल भएका छन् ! कोस्ट गार्डको बिमान भने हिजो गएको भुकम्प प्रभाबित क्षेत्र निगातामा राहत सामाग्री बोकेर उड्न लागेको बताईएको छ। यो समाचार तयार पार्दा सम्म जापान एयर्लाइन्समा लागेको आगो नियन्त्रणमा आउन सकेको थिएन । अहिले जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले आगलागी कसरी भएको हो भन्नेबारे छानबिन गरिरहेको बताएको छ भने अहिले सम्म हानेदा विमानस्थलका सबै उडानहरू स्थगित छन्।