जापानको ईसिकावा प्रिफेक्चरमा सोमबार सांझ ७.४ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको छ । भुकम्पले केही साना घरहरु चर्किएका छन भने सडकका केही स्तम्भहरु भात्किएका छन !
मानबिय क्षति भने कम हुन सक्ने अनुमान गरिएको छ ! यध्यपी यस्को विवरण भने आउन बाँकी नै छ! भूकम्प गएको ईसिकावा सहित निगाता, फुकुई,यामागाता लगायतका क्षेत्रमा सुनामि आउन सक्ने बताईएको छ । उक्त क्षेत्रमा ठुलो सख्यामा नेपाली नागरिकहरुको समेत बसोबास रहेको हुदा सुरक्षित स्थानमा गएर सुरक्षित रहन NRNA जापानले पनि आव्हान गरेको छ। कुनै मानबिय क्षति या राहत आबस्यक परे २४ सै घण्टा NRNA, जापान सहयोग गर्न तयार रहेको भन्दै समस्या परे तुरुन्त संपर्क गर्न सकिने अध्यक्ष नबिन न्युरेले जानकारी दिए । प्रभावित क्षेत्रमा परेका केही नेपालीहरुसंग भने निरन्तर सम्पर्कमै रहेको समेत अध्यक्ष न्युरेले मध्यान्हलाई जानकारी दिए !