माल्टामा नेपाली कलाकारहरुको धमाकेदार प्रस्तुती

उज्यालो प्रतिनिधि १५ पुष २०८०, आईतवार प्रवास
  • अशिम लोप्चन

माल्टा । नेपाली कलाकारले माल्टामा धमाकेदार प्रस्तुती दिएका छन् । माल्टाको अफ्रिम थियटर जिरामा आयोजित संगित र मनोरञ्जन साँझमा कलाकारले प्रवासी नेपालीलाई नचाउने–हसाउने काम गरेका छन् । गायक रामचन्द्र काफ्लेले हिमचुलीमा घाम लाग्यो घमाइलो, ड्राइभरमा माइलो, ह ह माले, उही मुलाको सिन्की लगायतका आधा दर्जन गीत गाएका थिए । उनका गीतमा नेपालीहरु झुम्मिएका थिए ।

गायिका जुनु रिजालले न दोष तिम्रो, नेपालकी छोरी हुँ म, फुल मञ्जरी लगायतका गीत गाउँदा हुटिङ पाएकी थिइन् । रामचन्द्र र जुनुले झिम्काइदेउ परेलीमा दोहोरी खेल्दा दर्शक मज्जाले नाचेका थिए । हास्य कलाकार जितु नेपाल मुन्द्रले नेपालको फोहोरी राजनीतिलाई व्यङग्य गरेका थिए । योग्यता, पढाई विनानै नेता बन्ने प्रवृत्तिले देशले सफलता हासिल गर्न नसकेको भन्दै चोटिलो व्यङग्य गरे । नेपालका नेताहरु औषधि बोकेर हिड्नुपर्ने अवस्था भएकाले अब २०८४ मा सुधार गर्नुपर्ने बताए ।

फुल बर्साउनको सट्टा ढुंगा बर्साउने स्थिति आएको कथा सुनाउँदै उनले नयाँ, ट्यालेण्ट नेताहरुलाई जिताएर पुराना नेतालाई विदाई गर्न घरघरमा खबरदारी गर्न सुझाए । उनले गीत संगितमा देखिएको विकृतिबारे स्टाण्डअप कमेडी गरे । हास्य कलाकार गोपाल नेपाल फिष्टे र शिवहरी आचार्यले एनआरएनए भित्रको राजनीति, लिभिङ टुगेदरको विकृतिबारे प्रहसन गरे । कार्यक्रममा एनएमबी व्याण्डले हाम्रो नेपाल, उडायो रेलैले लगायतका गीत प्रस्तुत गरे । संगिता कार्की, बाल कलाकार सेड्रिना भण्डारीको नृत्यले माहोल तताएको थियो ।

ब्लु हर्स इन्टरटेण्टमेण्टले नयाँ वर्षको अवसर पारेर कार्यक्रम गरेको हो । ब्लु हर्सका सचिव अमर रावतले कला, संस्कृति जगेर्नाका लागि नेपाली कलाकार बोलाएर कार्यक्रम गर्दै आएको बताए । ब्लु हर्सका संयोजक डिएस राणाले माल्टामा नेपाली कलाकारको अगमन विस्तारै बढाउने अभियान सुरु भएको बताए । उनले माल्टाको सुन्दरता समावेश गरेर फिल्म, भिडियो बनाउन नेपाली कलाकारलाई प्रोत्साहन गरिने बताए । उनका अनुसार नेपाली गित, संगितबारे माल्टा तथा माल्टा घुम्न आउने पर्यटकलाई पनि जानकारी गराउन सांगितिक कार्यक्रम उपयोगी हुनेछन् । नेपाली गित, संगितलाई विश्वभर फैलाउन ब्लु हर्स लागिपर्ने बताए ।

माल्टाको कार्यक्रम सकेर कलाकारको टोली जनवरी १ मा पोर्तुगलको कृष्ण मन्दिरमा संगित र मनोरञ्जन साँझका लागि पुग्नेछन् । कार्यक्रमको नमस्ते माल्टा इण्डियन एण्ड नेपाली कुसिन मुख्य प्रायोजक रहेको थियो । कार्यक्रम सफल पार्न व्यवसाय तथा उद्यममा सफलता हासिल गरेका ३० भन्दा बढी संस्था, व्यक्तिले सहयोग गरेका थिए ।

कार्यक्रममा एनआरएनए माल्टाका कार्यवाहक अध्यक्ष मधु घोताने गुरुङ, एनसिसी माल्टाका आईसिसी सदस्य भुबन अर्याल, माल्टाका महासचिव सन्देश केसी, ब्लु हर्स इन्टरटेण्टमेण्टका संरक्षक जिके शर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम माल्टा नेपाल अनलाइनका कार्यकारी सम्पादक छेसाङ लोप्चन (असिम) ले सञ्चालन गरेका थिए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार