यस्तो छ तपाईको राशिफल

उज्यालो प्रतिनिधि १३ पुष २०८०, शुक्रबार आजको राशिफल

मेष : बोलीको प्रशंसा हुनेछ। नयाँ कामको थालनी हुनेछ। व्यपारबाट आम्दानी हुनेछ। राजनीति क्षेत्रमा भने छट्टुको पञ्जामा पर्न सकिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष : स्वदेशमा व्यापार व्यवसायको विकल्प देख्न सकिन्छ। आज दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। अचानक धन प्राप्त हुनेछ। आर्थिक र सामाजिक क्षेत्रको लगानी राम्रो हुनेछ। शुभ कार्यमा सहभागी हुने भएकाले दिन रमाइलो हुन्छ। परिवारमा भने अविश्वास हुनसक्छ।

कर्कट : आजको दैनिकी राम्रो छ। समाजले भने तपाईंमाथि प्रहार गर्न सक्ने देखिन्छ। परिवारमा विवाद नगर्नु राम्रो हुन्छ। विवादले आफन्त टाढिने जोखिम छ।

सिंह : दैनिकी राम्रो छ। तर्कमा हारेर कामबाट जित्नु राम्रो हुन्छ। धेरै नबोली काम गर्दा फाइदा हुने देखिन्छ। हरेक क्षेत्र सुदृढ रहे पनि परिवारबाट सहयोग प्राप्त नहुन सक्छ।

कन्या : आफूले आफूलाई चिन्ने प्रयास गर्नुपर्छ। आफ्नो मूल्यांकन गर्न सकियो भने सफलता मिल्नेछ। आफ्नो कमजोरी आफूलाई थाहा नभए अर्कैले फाइदा लिने देखिन्छ।

तुला : अचानक खर्च हुनसक्छ। सचेत भएर व्यवहार गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : आजको दिन सामान्य छ। आफ्नो व्यवहारमा सुधार गर्नुपर्ने देखिन्छ। आर्थिक, सामाजिक र पारिवारिक झन्झट आइपर्ने देखिन्छ।

धनु : व्यापारबाट फाइदा हुनेछ। पुराना ग्राहकबाट फाइदा हुनेछ। दिन रमाइलो भएकाले परिवारको साथ मिल्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : खर्च कम गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। परोपकारमा मन जाने हुनसक्छ। खराब साथीसँग सचेत हुन राम्रो हुन्छ। परिवारभित्र खटपटी हुनसक्छ।

कुम्भ : दिन सामान्य छ। हरेक क्षेत्रमा खुट्टा तान्ने र कुरा काट्ने साथी हुनसक्छन्। वैदेशिक क्षेत्रमा लगानी गरेको सम्पत्तिको राम्रो प्रतिफल मिल्नेछ। परिवारमा मन मुटाव हुनसक्छ।

मीन : हरेक क्षेत्र सबल छन्। आफूले हिम्मत गरेमा काम बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्ने देखिन्छ। प्रेममा सफलता प्राप्त हुनसक्छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार