लमहीमा माघ ५ गतेदेखि बृहत महोत्सव संचालन हुँदै

शिवु खनाल १२ पुष २०८०, बिहीबार समाचार

देउखुरी । लमहीको चेम्बर अफ कमर्सले दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० संचालन गर्ने भएको छ । यहि माघ ५ गते देखि लमहीमा रहेको जैविक विविधता ग्रिन पार्कको छेवैमा चेम्बर अफ कमर्स लमहीले दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापार महोत्सव लगाउन थालेको बिहिवार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

महोत्सवमा एकसय सयभन्दा बढी स्टलहरु राखिने चेम्बर अफ कमर्स लमहीका अध्यक्ष सितल भुषालले जानकारी दिए । उनका अनुसार देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादन सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु महोत्सवमा राखिने छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्थरका कलाकारहरुको सहभागीता रहने र बाल उद्यान, पिङ, लगाएतका मनोरन्जनात्मक बस्तु राखिने छ । महोत्व अवधिभर करिब एकलाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ ।महोत्सव देउखुरी क्षेत्रको लमहीमा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित नमुना जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने मुख्य उदेश्यले संचालन गर्न थालिएको अध्यक्ष भुषालले जानकारी दिए ।स्टल एकसय भन्दा बढि रहने छ भने महोत्सवमा कृषि स्टललाई विशेष प्राथमिकता दिइएको छ । जेष्ठ नागरिकको कार्ड भए निशुल्क, विद्यार्थीको हकमा ८० रूपैयाँ, प्रवेश शुल्क एकसय रूपैयाँ कायम गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार