डगमारा नाका (देउखुरी) । कृषि क्षेत्रको विकास र कृषि उत्पादकत्व वृद्धिका लागि भरपर्दो र दिगो सिँचाइ सुविधाको विस्तार प्रमुख आधारमध्ये एक हो । कृषि र सिँचाइ एक–अर्काका परिपूरक हुन् । दिगो सिँचाइ विना कृषि क्षेत्रको विकास सम्भव छैन । कृषि क्षेत्रलाई जीवन्त र चलायमान बनाइराख्न सिँचाइ क्षेत्रको विकासलाई पनि सँगसँगै बढाउन जरुरी हुन्छ । तर, कृषि छोडेर अन्य पेशातर्फ आकर्षण, गाउँघरका युवाको विदेश पलायन किसानले भोगिरहेका समस्या र स्थानिय तहको कमजोर नीतिगत र कार्यान्वयन व्यवस्था आदिले कृषि क्षेत्रको विकासमा चुनौती थपिरहेका छन् । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाका निवासी प्रमोद घर्तीले गाउँमा सिंचाईको सुविधा नहुँदा एक विघा खेतीयोग्य जग्गा बाझो रहेको बताए । उनले स्थानिय सरकारबाट कृषि क्षेत्रमा उपलब्धि हुन नसकेको बताए । अहिले तीन तहको सरकार छ । स्थानीय सरकार हाम्रो आफ्नै सरकार हुनुपर्नेमा किसानका लागि त्यस्तो महशुस हुन सकेको छैन, उनले भने,–। ‘समयमा मल बीउ पाइँदैन, सिँचाइको व्यवस्था छैन, असिना पानी, बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट बालीनालीमा क्षति पुग्दा समयमानै उचित क्षतिपूर्ति पाइँदैन ।’
भारतसंग सीमा जोडिएको दाङको गढवा र राजपुर गाउँपालिका र वडा ग्रामिण क्षेत्र हुन् । यहाँका ९० प्रतिशत भन्दा बढी स्थानिय कृषि पेशासँग आबद्ध छन् । यता सोही ठाउँ निवासी जगतबहादुर घर्तीले कृषि र कृषकका हितका लागि स्थानिय सरकारले कुनै उदाहरणीय काम नगरेको बताए । उनले स्थानिय तहका जनप्रतिनिधिले विगतमा दिएको आश्वासन पूरा गर्न नसकेको बताए । गाउँमा सिंचाईको सुविधा छैन । डगमारा खोलाबाट पानी बोकेर गहुँमा पानी चार्ने गरेका छाँै, उनले भने,–। ‘सिंचाइको सुविधा नहुदा उत्पादनमा कमी हुनुका साथै दैनिक उपभोग्य बस्तुहरु भारतीय बजारबाट किनेर खानुपर्ने बाध्यता छ ।’ यता स्थानिय सृजना पुनले गाउँमा पर्याप्त सिंचाईको सुविधा नहुदा अन्नबाली उत्पादनमा कमी हुदैँ गएको बताए । उनले कृषि क्षेत्रमा लगानी बढाएपनि सिंचाईको पर्याप्त सुविधा नहुँदा उत्पादनमा कमी आएको कृषक बताउनुभयो । सीमावर्ती क्षेत्रका विभिन्न गाउँमा अन्नबाली प्रसस्त मात्रामा फलाउथ्यौं, सिंचाईको समस्या छ, उहाँले भन्नुभयो,।–‘सिंचाई अभावका कारण खेती योग्य जमिन बाझो राख्न बाध्य छाँै । अहिले गाउँमा उत्पादन थोरै छ ।’ भारतसंग सीमा जोडिएका डगमारा, गम्भीरा, सिउरेनी, गन्धेला, छेक्रिया लगायतका नाकामा सिंचाइ नहुदा अधिकांश खेतीयोग्य जमिन बाझो रहेको छ ।
यता राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्थरी नाका निवासी गोरेन्द्र घर्तीले स्थानिय सरकारसंग सिंचाईको माग गरेता पनि अहिलेसम्म कुनै चासो नदेखाएको बताए । उनले हिउँदे खेती गर्दै खाएका कृषकको तोरी, मसुरो, गहुँजस्ता बालीनाली प्रभावित भएको बताए । उनले खेतबारीमा छरेका कुनै पनि बाली सप्रन नसकेको बताउनुहुदैँ, दिगो कृषिका लागि भरपर्दो सिँचाइको आवश्यक रहेको बताए । यस विषयमा स्थानिय सरकारले गम्भिर तवरले सोच्नु पर्ने देखिन्छ ।
जलस्रोत विकास सम्बद्ध जलस्रोत ऐन तथा नियमावली, जलस्रोत रणनीति, राष्ट्रिय जल योजना, सिँचाइ नीति, कृषि विकास रणनीति, आदि सबै नीति तथा योजनाहरूमा सिँचाइ क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ । यता स्थानिय चक्रबहादुर खड्का (शिखर)ले संविधानमै जलस्रोतको बहुपयोगी विकास गर्ने, जल उत्पन्न प्रकोप नियन्त्रण र नदीको व्यवस्थापन गर्दै दिगो र भरपर्दो सिँचाइको विकास गर्ने राज्यको नीतिमा रहेतापनि व्यवहारमा भने सिँचाइ क्षेत्र अझै उपेक्षित रहेको बताए । उनले दिगो रुपमा किसानका खेतमा सिंचाईको सुविधा पु¥याइ कृषि उत्पादन वृद्धि गरी खाद्य आत्मनिर्भरताका लागि कार्यक्रम कार्यान्वयनमा ल्याउन आवश्यक रहेको बताउनुहुदैँ, ग्रामीण गरीबी निवारणमा समेत उल्लेख्य महत्वपूर्ण भूमिका खेल्न जरुरी देखिन्छ ।