काठमाडौँ । दार्जिङका गायक अजय क्षेत्रीले ‘बुहारी आप्पा र आमालाई’ बोलको गीत बजारमा ल्याएका छन । डम्फु मिडियाको अफिसियल युटुब च्यानलमार्फत उक्त गीत बजारमा ल्याएका हुन । दार्जिलिङ क्षेत्रमा जन्मेका र नेपाली गीत संगितलाई धेरै माया गर्ने युवा गायक अजय क्षेत्री नेपाली मात्रै नभई हिन्दी, असामी, भोजपुरि, नागपुरी, पंजाबी, बोडो भाषामा समेत गीत गाएका छन । इन्डियाका विभिन्न स्थानहरुमा लाईभ प्रस्तुतिमा उनी निकै व्यस्त रहन्छन । यसपटक भने गायक क्षेत्रीले तामाङ सेलो बजारमा ल्याएका हुन ।
पर्पल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुसन लामाको शब्द र संगीत रहेको छ भने फनिन्द्र राइले संगीत संयोजन, सुमन खडकाले मिक्सिङ र मास्टरिङ गरेका हुन । गीतको म्युजिक भिडियोमा अभिनेता बुद्धी तामाङ र सिक्किमकी अभिनेत्री स्यामाश्री शेर्पालाई मुख्य भूमिकामा देख्न सकिन्छ । त्यसैगरी अजय क्षेत्री, रितिका रामुदामु, समिर तामाङ,अनिल राई र इन्द्रेनी कल्चरल विङसको अभिनय देख्न सकिन्छ । हरी रोय र पुष्पक रोयले छायांकन, अभिशेक थापाले ड्रोन छायांकन गरेको उक्त म्युजिक भिडियोलाई के.के प्रधानले सम्पादन र निर्देशन, बसन्त दर्जीले कोरियोग्राफी, राइमुल (आर. के सिने प्रोडक्सन)ले कलर गरेका छन ।