काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।