इजरायलको दाबी – हमासको अहिलेसम्मकै ठूलो सुरुङ भेटियाे

उज्यालो प्रतिनिधि २ पुष २०८०, सोमबार विश्व

एजेन्सी । इजरायलले हमासको सबैभन्दा ठूलो सुरुङ फेला पारेको दावी गरेको छ। इजरायली सेना आईडीएफका अनुसार यो सुरुङ चार किलोमिटर (२.५ माइल) फैलिएको छ ।

आईडीएफले ट्वीटरमा एउटा भिडियो साझा गर्दै लेखेको छ, ‘सुरङ प्रवेश इरेज क्रसिङबाट मात्र ४०० मिटर (१,३१० फिट) पर छ। इरेज क्रसिङ मार्फत गाजाका मानिसहरू काम गर्न र इजरायली अस्पतालहरूमा उपचार गर्न इजरायल जान्छन् । गाजाका मानिसहरूले यसलाई हरेक दिन प्रयोग गर्छन्।’

यसअघि शुक्रबार इजरायली गाजामा जारी अपरेशनको क्रममा सेनाले आफ्नै तीन जना सर्वसाधारणलाई गोली हानेको थियो ।

इजरायली सेनाले यो गल्तीप्रति खेद प्रकट गरेको छ ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा अहिलेसम्म १८,००० भन्दा बढी मानिस मारिएको र हजारौं घरबारविहीन भएको बताएको छ।

इजरायलले हमासविरुद्ध भारी बमबारी र भूमिगत सैन्य कारबाही गरिरहेको छ। इजरायलले हमासलाई नखाएसम्म आक्रमण जारी राख्ने बताएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार