धादिङ । ‘नेपालीको तन नेपालीकै मन नेपालीकै च्वाईस’ भन्ने मूल नाराका आयोजना गरिएको गायन प्रतियोगिता नेशनल भ्वाइस फाईनल तथा स्रस्टा सम्मान कार्यक्रम पौष ७ गते हुने भएको छ। कार्यक्रम काठमाडौँको ठमेलस्थित थर्ड आई अडिटोरियम ज्याठामा हुनेछ।
नेपालभरि छरिएका प्रतिभाहरुलाई एकै ठाउँमा समेटी प्रतिस्पर्धा गराउँदै अन्तिम १० जना प्रतियोगीहरुलाई काठमाडौँमा ल्याएर फाइनल गर्न लागेको हो। प्रतियोगिताको जर्जहरुमा वरिष्ठ संगीत गुरु गुरुदेब कामत, वरिष्ठ निर्देशक तथा गीतकार मीन सागर लामा लगायत नेपालका चर्चित गायक उत्सब सुब्बा लामा, गायक जी पुन, गायक रेशम कुमार विश्वकर्मा तथा वरिष्ठ संगीत संयोजक राजु खड्का रहेका छन्।
शान्ति इन्टरटेन्टमेन्टद्वारा आयोजना गरिएको यस प्रतियोगिताको विजेताले पुरस्कारस्वरुप एउटा गीतको अडियो तथा भिडियोमा काम गर्न पाउनेछ।