काठमाडौं । मेडिकल पढ्न बिगत केहि बर्षदेखि नेपाली विद्यार्थीहरुका लागि बंगलादेश मुख्य गन्तव्यको रुपमा रहेको छ । हरेक बर्ष करिब पाँचसयको हाराहारीमा नेपालबाट मेडिकल पढ्न बंगलादेश जाने गरेको तथ्यांक रहेको छ ।
उज्वल भविष्यको सपना बुन्दै मेडिकल पढ्न बंगलादेश पुगेका कैयौं विद्यार्थीहरु अलपत्र पर्ने गरेका छन् । केहि परामर्शदाताको झुठो आश्वासनमा लोभिएर त्यहाँ पुग्दा समस्यामा पर्ने गरेका छन् ।
बंगलादेशमा संचालित मेडिकल कलेजहरुको बारेमा आबश्यक जानकारी लिई अध्ययन गर्न जाँदा उपुक्त हुने जानकारहरु बताउछन ।
नेपालमा एमबिबिएसको सिट कटौती संगै प्रतिवर्ष सैयौंको संख्यामा विदेशमा अध्ययनका लगी जानुपर्ने बाध्यता रहेको बुझिएको छ । अध्ययनका लागि विदेश जानेक्रममा नेपाली विद्यार्थीहरु पछिल्लो समय कन्सल्टेन्सी बाट ठगिने क्रम पनि बढेको जानकारहरु बताउछन् ।
बंगलादेशको अधिकांश मेडिकल कलेजमा नपाली लगायत बिदेशी विद्यार्थीहरु
बंगलादेशका अधिकांश मेडिकल कलेजहरुमामा नेपाली विद्यार्थीहरु लगायत अन्य देशका बिद्द्यार्थीहरु अध्ययन गरिरहेका छन् । पैसा उठाउने नाममा कन्सल्टेन्सीले विद्यार्थीहरु लाई अलपत्र पार्ने गरेको बुझिएको छ ।
बंगलादेश पढ्न जाँदा विद्यार्थी भर्ना हुँदै चिकित्सा शिक्षा आयोगमा दर्ता हुनुपर्ने हुन्छ तर झुक्याएर कतिपय कन्सल्टेन्सीले विद्यार्थी भर्ना गराउने गरेको र पछी ति विद्यार्थीहरुलाई समस्या पर्ने गरेको आयोगका अधिकारिहरु बताउँछन् ।
विद्यार्थीले मोटो रकम खर्च गरेर एमबिबिएस पढ्न जाँदा उक्त कुराहरुमा बिचार पु-याउनु पर्ने देखिन्छ । हाल बंगलादेशमा २५ भन्दा बढी सरकारी कलेज रहेका छन्, त्यसैगरि ७० भन्दा बढी निजि मेडिकल कलेजहरु रहेका छन् ।
समस्या हुनुको मुख्य कारण के हो त ?
मोटो रकम कमाउने लोभमा केहि कन्सल्टेन्सीहरुले मापदण्ड नपुगेका मेडिकल कलेजमा विद्यार्थीह पठाउने गरेको पाइएको छ । भड्किलो प्रचार प्रसारको माध्यमबाट विद्यार्थीलाइ झुक्याएर लैजाने गरेको फेला परेको छ । त्यसैले धेरै कलेज मापदण्ड अनुसार नभएकाले कुन कलेजमा पढ्न जाने नजाने गहिरो जानकारी राख्नुपर्ने देखिन्छ ।
कन्सल्टेन्सी नै दोषी हो त ?
केहि हद सम्म हो भन्न सकिन्छ तर वास्तविकता बजारमा हल्ला फ़ैलाइए भन्दा फरक हो । कुनै विद्यार्थी अभिभावकले सम्पूर्ण बिषय बारे जानकारी लिएर मेडिकल पढ्न सरकारले निर्धारण गरेको प्रक्रिया पुरा गरिसकेपछि अध्ययन गर्न गएको छ भने समस्या परेको खण्डमा सामाधान गर्ने दायित्व सम्बन्धित निकायको पनि हो ।
राहदानी, प्रमाणपत्र प्रमाणीकरण, चिकित्सा शिक्षा आयोग बाट लिईने इलिजिबिलिटी सर्टिफिकेट, शिक्षा विज्ञान तथा प्रबिधि मंत्रालायबाट लिईने नो अब्जेक्सन सर्टिफिकेट लगायतका अन्य कागजात आबश्यक प्रमाणजुटाई सकेपछी प्राप्त हुने हो र सो का लागि राजश्व तिर्नुपर्ने हुन्छ । त्यसैगरी पढ्न जान लागेको शैक्षिक संस्थालाई तिर्नुपर्ने सम्पूर्ण शुल्कको सरकारलाई ३ (तिन) प्रतिशत शिक्षा शुल्क तिर्नुपर्ने हुन्छ ।
सो सम्पूर्ण शुल्क अध्ययन अबधिभर राष्ट्र बैंकबाट मान्यता प्राप्त “क” बर्गको बैंक मार्फत बैंकले तोकेको शुल्क तिरेपछि बैंकिङ कारोबार गर्नुपर्ने हन्छ । त्यसर्थ उक्त विद्यार्थीको बारेमा नागरिकको हैसियत तथा बिभिन्न शिर्षकमा लाखौ रकम राजश्व तिरिसकेपछी सम्बन्धित निकायले पनि सोच्नुपर्ने हुन्छ ।
बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्न गएका बिद्यार्थीकै हकमा कुरा गर्ने हो भने त्यहाँ गएका अन्य मुलुकबाट गएका विद्यार्थीहरुलाई केहि समस्या पर्ने बित्तिकै सम्बन्धित देशको दूतावासले सामान्य चासो लिने बितिकै सामाधान हुन्छ भने नेपाली विद्यार्थीहरुले दुताबासमा आफ्नो समस्या गुनासो राख्ने बित्तिकै उल्टै कुन कन्सल्टेन्सी बाट आएको हो उसलाई गएर समात भनेर पठाउने गरेको अध्यानरत बिद्यार्थीहरुको गुनासो रहेको छ ।
जिम्मेबार निकायले आफ्नो जिम्मेबारी बाट पन्छिन मिल्छ ? आफु काम नगरी दायित्व बाट पन्छिन मिल्छ ? नागरिक प्रतिको दायित्व बोध गर्नु पर्दैन ? सम्बन्धित निकाय संग समन्वय गरि समस्यालाई तत्काल सामाधान गर्नु पर्दैन ? संसारमा हरेक समस्याको समाधान हुन्छ प्रयास गरे के हुदैन । तर कन्सल्टेन्सी अथवा जोसुकै भएपनि राज्य र कानुन भन्दा माथि कोहि पनि हुदैन गलत नियत राखेर कार्य गर्ने लाई कानुनको दायरा भित्र ल्याउनै पर्छ ।
मेडिकल पढ्न बंगलादेश उत्तम र सजिलो बिकल्प
न्यु प्लाजा पुतलीसडक स्थित साईनअप इन्टर्नेशनल एजुकेशनका प्रबन्ध निर्देशक अमृत खनालको बुझाईमा मेडिकल पढ्न नेपाल पछिको उत्तम र सजिलो बिकल्प भनेको बंगलादेश रहेको बताउँछन् । दक्षिण एशियाली राष्ट्र एवं सांस्कृतिक व्यवहारिक भाषिक र त्यहाँको परिवेशमा नेपालका विद्यार्थीहरु सहजै घुलमिल हुने गरेका छन् । हरेक बर्ष सयौंको संख्यामा नेपाल बाट बंगलादेश मेडिकल अध्ययन गर्न जाने गरेका छन् ।
बंगलादेश नै किन ?
– बंगलादेश कलेज हरुमा एकमुष्ट रकम बुझाउनु नपर्ने ।
– बंगलादेशमा किस्तामा बुझाउन पाइने ।
-बंगलादेशमा १० देखि १५ लाख सम्म सस्तोमा पढ्न पाईने ।
-त्यहाको मेडिकल कलेजमा बिरामीको चाप बढी हुनेभएकाले व्यवहारिक ज्ञान बढी हुने ।
-खानपिन हावापानी रहन-सहन नेपाल सँग मिल्दोजुल्दो हुनु ।
-नेपाल बाट सहजै आवत-जावत गर्न सकिने ।
बंगलादेश जाँदा यी कुराहरु ख्याल गरौँ
हरेक बर्ष केहि बिद्यार्थी एवं अभिभाबकहरु समस्यामा पर्ने गरेका उदाहरणहरु छन् । त्यसर्थ सम्बन्धित निकायमा रितपुर्बक दर्ता भएका कन्सल्टेन्सीहरु मार्फत जाँदा उचित देखिन्छन ।
-सम्बन्धित निकाय लगायत बंगलादेशमा अध्ययन गर्दै गरेका सिनियरहरु बाट पनि जानकारी लिन सकिन्छ ।
-आफु पढ्न जान लागेको मेडिकल कलेजको बारेमा सम्पूर्ण अग्रिम जानकारी लिन सकिन्छ ।
त्यसैगरी आफु अध्ययन गर्न जान लागेको मेडिकल कलेज सम्बन्धित देशको मेडिकल काउन्सिल स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय बिश्वबिद्द्यालय सम्बन्धित देशको दुताबासहरु बाट पनि बुझ्न सकिन्छ ।