झम्सिखेलमा गोली प्रहार गरी लागुऔषधसहित १ जना पक्राउ

उज्यालो प्रतिनिधि २६ मंसिर २०८०, मंगलवार समाचार

काठमाडौँ — प्रहरीले ललितपुरको झम्सिखेलबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झम्सिखेलबाट उदयपुरका अविनाश राईलाई लागुऔषध (आइस ड्रग) सहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिने क्रममा प्रहरीलाई राईले आक्रमण गर्न खोजेपछि प्रहरीले १ राउन्ड गोलीसमेत चलाएर उनलाई नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले इकान्तिपुरलाई बताए ।

राईको साथबाट आधा किलो आइस ड्रग बरामद भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका राईमाथि आवश्यक छानिबन भइरहेको पनि एसपी रेग्मीले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार