एथलेटिक्स संघ काभ्रेको अध्यक्षमा विजय लामा

उज्यालो प्रतिनिधि २६ मंसिर २०८०, मंगलवार समाचार

काठमाडौं । काभ्रे जिल्लामा एथलेटिक्स संघ गठन गरेको छ । संघको अध्यक्षमा विजय लामालाई चयन गरेको छ ।

खेलकुद विकास समितिका अध्यक्ष मानबीर तामाङको प्रमुख आतिथ्यता एवम् केन्द्रीय संघका सदस्य देव महर्जनको विशेष आतिथ्यतामा एक भेलाबाट उक्त निर्णय गरेको छ ।

अध्यक्षमा लामासंगै उपाध्यक्ष विनोद कुमार तामाङ र अलोक तामाङ, सचिव महेश लामा, कोषाध्यक्ष कोपिला तामाङ, सदस्यहरु निङमर तामाङ, सुसन तामाङ, मान बहादुर तामाङ, रोज बहादुर तामाङ सहित नौ जनाको समिति गठन गरेको छ ।

एथलेटिक्स प्रतियोगिता अन्तर्गत समान्यतया ट्रयाक र फिल्ड, रोड रनिङ, क्रस कन्ट्री रनिङ र रेस वकिङ प्रतियोगिताहरू गरिन्छ । काभ्रेमा सबै प्रतियोगिता गर्ने अध्यक्ष लामाले जानकारी गराएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार