‘युवा नेतृत्व’हरुको कार्यक्रममा सहभागी हुन पूर्वमन्त्री नायकसहितको टिम भारत प्रस्थान

उज्यालो प्रतिनिधि २४ मंसिर २०८०, आईतवार मुख्य नेटवर्क

काठमाडौं । भारतको नयाँ दिल्लीमा अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)ले आयोजना गरेको कार्यक्रममा सहभागी हुनका लागि पूर्वमन्त्री अजय शंकर नायकसहितको टोली भारत प्रस्थान गरेका छन् ।

नयाँ दिल्लीमा आयोजित युवा नेतृत्वहरुको विशेष कार्यक्रममा सहभागी हुनका लागि नेपालका राजनीतिक दलका युवा नेतृत्वहरु भारततर्फ प्रस्थान गरेका हुन् । टोलीमा नेकपा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य नायक, नेतृ रेणु चन्द सहभागी छन् ।

कार्यक्रममा भारतीय विदेश नीति र यसको रणनीतिक रूपरेखा, ग्लोबल इकोनोमी र दक्षिण एसिया,उद्यमशीलता, नवप्रवर्तन र प्रविधिमा विश्वव्यापी दक्षिण एसिया लगायतका विषयमा छलफल हुनेछ ।

कार्यक्रममा नेपाली कांग्रेसका अनिल कुमार रुंगटा, नैन सिंह महर, नेकपा एमालेका सुर्य प्रसाद पाठक, सुनिता बराल, एमाओवादी केन्द्रका पूर्वमन्त्री अजय शंकर नायक, एकीकृत समाजवादीका गोमा विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, क्रान्ति शिखा धिताल, जनमत पार्टीका दिपक कुमार साह, जसपाका राम आशिष यादव,  सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार