नेपाल सुपर लिग : वीरगञ्ज र चितवन भिड्दैँ

उज्यालो प्रतिनिधि १५ मंसिर २०८०, शुक्रबार खेल

काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच खेल हुँदैछ । दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

दुवै टिम पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन् । विरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग २–१ ले पराजित भएको थियो ।

चितवनको भने जारी प्रतियोगितामा यो तेस्रो खेल हो । चितवनले पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौं स्थानमा छ । अंकविहीन वीरगञ्ज भने तालिकाको पुछारमा छ । लगातार दोस्रो जित निकालेको धनगढी एफसी ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार