कालिकोटमा पहिरोमा पुरिएर चालकको मृत्यु

उज्यालो प्रतिनिधि २५ कार्तिक २०८०, शनिबार समाचार

मान्मा । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो ।

कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेकाबेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर कालिकोट पचालभरना गाउँपालिका–८ खडितोलीका ३० वर्षीय धीर सज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए । सडक फराकिलो गरिरहेकाबेला माथिबाट खसेको पहिरोले पुरिएर डोजर चालकको मृत्यु भएको उनको भनाइ थियो ।

“माथिबाट चट्टान खसेको चालकलाई केही जानकारी र सङ्केत नै भएन । एक्कासी चट्टान खसेपछि भाग्नसक्ने अवस्था भएन”, थापाले भने, “चालकको घटनास्थलमा मृत्यु भएको छ ।” पहिरोले डोजर पुरै पुरिएकाले घटना शुक्रबार बेलुकाको भए पनि १८ घण्टापछि आज बिहान मृतकको शव निकालिएको उनले जानकारी दिए ।

“हिजो रात परेकाले अरु पहिरो खस्ने खतरा हुनसक्ने देखिएपछि शव निकाल्न सकिएको थिएन्”, थापाले भने, “बिहान उज्यालो भएपछि शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।” पहिरोले अहिले कर्णाली राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार