कतारमा तामाङ चलचित्र ‘ङिङ्जे’ विशेष प्रदर्शनको तयारी

उज्यालो प्रतिनिधि २४ कार्तिक २०८०, शुक्रबार समाचार

काठमाडौं । तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा निर्माण गरिएको तामाङ कथानक चलचित्र “ङिङ्जे” कतारमा विशेष प्रदर्शन गरिने भएको छ।

नेपाल तामाङ महिला घेदुङ कतारको आयोजनामा पेमा लामाको प्रस्तुति रहेको तामाङ चलचित्र “ङिङ्जे” आगामी २०२३ नोभेम्बर १७ मा सेन्चुरी होटल प्लाजा मलमा कतारको समयमा दिउँसोको ठिक १ बजे प्रदर्शन गर्ने आयोजकले बताएको छ।

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको भातृसंगठन नेपाल तामाङ महिला घेदुङ प्रवास कार्यसमिति कतारले तामाङ कथानक चलचित्र ङिङ्जे विशेष प्रदर्शन तथा महिला अभिमुखिकरण कार्यक्रमसहित उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो।

चलचित्रमा घरका अभिभावकले अपनाउने संस्कार, व्यवहारलगायतले परिवारका सदस्यमा पार्ने प्रभावबारे बुझाउने प्रयास र समग्र समुदायको राम्रो भविष्यका लागि हरेक घरका अभिभावकले सतर्कतापूर्वक राम्रो आचरणको अभ्यास गर्नुपर्ने सन्देश दिएको छ ।

तामाङ चलचित्रका नायक एवं निर्देशक अमिर दोङले निर्देशन गरेको यस चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाख्रिनले लेखेको हो भने दीपेन्द्र लोप्चन मुरली, रन्जिता स्याङ्तान निर्माता र सहनिर्माता प्रवीणकुमार तामाङ रहेको छ ।

यस चलचित्रमा अमिर दोङ, सुष्मा थिङ, सजिना लोप्चन, कुइसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रन्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुईंसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ, विशाल थिङलगायतले अभिनय गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार