पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको ‘यात्रा जिन्दगी’ लोकार्पण

उज्यालो प्रतिनिधि २४ कार्तिक २०८०, शुक्रबार उज्यालो फोकस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले लेखेको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताएका छन् ।

बिहीबार दिउँसो बालुवाटारमा पुनद्वारा लिखित पुस्तकको लोकार्पणपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘पासाङजीको पुस्तकमा भएका कतिपय सन्दर्भहरू आजको परिस्थितिमा मेल खाँदैनन् तर उहाँले पुस्तकमा आफ्नो जीवनमा जस्तै सरलता र इमानदारिता प्रस्तुत गर्नुभएको छ ।’

‘म अढाइ वर्ष उहाँको घर रोल्पाको गाडागाउँमा बसें । मैले पासाङजीलाई एकदमै नजिकबाट चिनेको छु । उहाँ छलकपटरहित, सोझो, इमान्दार, सरल, पारदर्शी र मिलनसार व्यक्तित्व हुनुहुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँले पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै शंका गर्नुभएन । आफ्नो जिम्मेवारीप्रति कहिल्यै लापरवाही गर्नुभएन । जनयुद्धकाल र शान्ति प्रक्रियामा पनि मेरो आदेशलाई जस्ताको तस्तै लागू गर्ने एक जना नेता उहाँ हो ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘उपराष्ट्रपति भइसकेपछि उहाँले आफ्नो शालिनता र जिम्मेवारीबोध राम्रैसँग देखाउनुभयो । उहाँलाई उपराष्ट्रपतिमा मैले नै प्रस्ताव गरेको थिएँ । त्यो दिन म अत्यन्तै खुशी थिएँ । उहाँले आफ्नो कार्यकाल गरिमाका साथ पूरा गर्नुभयो । उहाँ एक जना अत्यन्तै असल मान्छे हो, अहिलेको समाजमा यस्ता मानिसहरू भेट्न मुस्किल पर्छ ।’

‘पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै थियो । त्यसैले गणतन्त्रपछि पहिलोपटक मैले नै पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक विदाको घोषणा गरें । त्याग र बलिदानको कीर्तिमान एवं मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय छ । अहिले यसमाथि विभिन्न खालका बहसहरू पनि छन् तर एकदिन जनयुद्धको जीवन्त इतिहास लेखिने नै छ,’ उनले भने ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार