देउखुरी । लमही नगरपालिका वडा नम्बर ९ बगार बाबा गोरक्ष गौधामद्धारा सञ्चालित गौशालामा रहेका गाईहरुको लागि पराल सहयोग प्रदान गरिएको छ । धार्मिक तथा सामाजिक व्याक्तित्व कृष्ण कुमार पन्तले मंगलवार आश्रम परिसरमा नै पुगेर ४५ हजार रकम वरावरको पराल सहयोग गर्नुभएको हो । उनले गौशालाका गाईहरुलाई आहारको व्यवस्थापन गर्न र विषम परिस्थीतिका बेला पराल सहयोग गर्नु सार्है पुण्य कार्य भएको बताए । उनले आश्रमलाई पराल अझै आवश्यक परेकासहयोग गर्न तयार रहेको बताए । तीनसय भन्दा बढी गौशालामा हाल गाईहरु संरक्षण गरिएको छ । सरोकारवालाहरुले पराल दिएर वैद्धिक गाईहरु संरक्षणमा चासो देखाउँदै आएका छन् । उनले भने,–। ‘धर्म पनि हुने र बस्तु भाउलाई पनि पराल आहारको व्यस्थापन हुने भएपछि दान गरेको हुँ ।
राज्यको आँखा नपरे पनि हामीलाई त धर्मको पनि आशा र हराउँदै गएका बेला गाई जोगाउनु उपयुत्त लागेकोले गौशालामा पुगेर पराल दान गर्न इच्छा जागेर आयो ।’
लोपोन्मुख अवस्थामा रहेका स्थानीय वैद्धिक गाई संरक्षण गराउँदै रैथाने गाईको गहुँत, दुध, घ्यु, गोबर लगायतको औषधीय महत्व दर्शाउनुको साथै धार्मिक महत्व जोगाउन गौशाला सञ्चालन गरीएको लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश)ले बताए । गौशालामा अहिले तीनसय भन्दा बढी रैथाने गाई पालन गरीएको छ । गाईको आहार र घाँसको व्यवस्थापनका लागि वडाबाट बजेट विनियोजन गर्दै आएको उनले बताए । गौशालाले गौ मुत्र गहूँत प्रशोधन समेत थालिसकेको छ । गौ सेवामा लाग्दा र गाईबाट प्राप्त दुग्धजन्य उत्पादन नियमित उपभोगले विभिन्न एक सय ५८ रोगलाई फाईदा पुग्ने तथा गाई छुँदा समेत प्रेसर दमजस्ता रोगहरुको निदान गर्न सकिने गौ संरक्षणका अभियान्ताहरु बताउँछन् ।
गाईको महत्व बुझाउँदै रैथाने गाईको स्रोत केन्द्रको रुपमा गाईलाई विकास गराउँदै वैद्धिकको अध्ययन केन्द्र बनाउने अभियान समेत थालिएको वडाध्यक्ष केसीको भनाई छ । धार्मिक आस्था भएकाहरुले यस गौशालामा वर्षमा एकहजार देखी १५ सय भारी पराल दानको रुपमा उपलब्ध गराउँदै आएका कारण गाई पालन तथा संरक्षण गर्न सहज भएको बगार बाबा गोरक्ष गौधामका अध्यक्ष रमेश खड्काको भनाई छ । मानव, पृथ्वी र गाईको सम्बन्धमा पर्यावरणीय सन्तुलन कायम गर्न, गाई र गोरु संरक्षणका लागि अभियान नै चलाएपछि अहिले यहाँका स्थानीयहरुको सोंच गाईप्रति सकारात्मक बन्दै गएको छ । गाइको स्याहार शुसारका लागि लमही नगरपालिकाले चारजना कर्मचारी समेत राखिएको छ ।