छोरीको उपचारमा सहयोग गर्न आमाको अपिल

शिवु खनाल २२ कार्तिक २०८०, बुधबार समाचार

देउखुरी । विभिन्न रोगले ग्रसित आफनो ३१ वर्षिया छोरी इश्वरी माया छिनालको उपचारमा सहयोग गर्न आमाले याचना गर्नुभएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ६ घोडेबास निवासी धनकुमारी दमाईले छोरी छिनालको उपचारमा सहयोग गरी आफनो छोरीको ज्यान बचाई दिन अपिल गरेका हुन् । उनले यही छोरी त्यही पनि शारीरिक रुपमा अपाङ् भएको भन्दै सबैको साथ र सहयोग पाए छोरीको जीवन बच्ने बताए । उनले भने,–। ‘मेरो श्रीसम्पती जे भने पनि भएकी यीनै छोरी हुन् । यीनलाई केहि भए, म बाँच्नु को के सार भयो र ?’ गहभरी आशु पार्दै भन्नुभयो । सम्पत्तीको नभएको उनिलाई छोरीलाई पनि जण्डिस, हेपाटाइटिस बी, टाइफाई, निमुनिया सम्बन्धि जटिल रोग लागे पछि झनै चिन्ताले सताएको छ । उनको ३१ वर्षिया छोरी इश्वरी माया छिनाल विभिन्न जटिल रोगले पिडित छिन् ।

घर छिमेकमा ऋण काडेर छोरी इश्वरीको लमही, घोराही उपचार गरियो तर, उपचार संभव नभए पछि कोहलपुर निरन्तर उपचारका लागि लैजाने गरेकी गरिएको थियो । तर, आर्थिक अभावको कारण उपचार रत छोरीलाई घरमा ल्याउन बाध्य भए । छोरीको उपचारका लागी आवश्यक पर्ने रकम जुटाउन समस्या पर्दै आएको छ । अहिले भने उपचारको रकम जोहो नहुदाँ छोरीको अबको उपचार कसरी गर्ने भन्ने चिन्ता दुर्गालाई परेको छ । डाक्टर साहबले लामो समय औषधी गर्नु पर्छ भन्नु भएको छ । छोरीको उपचार गर्न अब दाता र सहयोगीको खोजीमा छु । उनले आसु झार्दै भने,–। ‘आफू सँग छोरीको उपचारका लागि श्रोत साधन नभएकाले समस्यामा परेको छ । सहयोगी हातहरुसँग छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गर्दछु ।

इश्वरी माया छिनाल नेपालकै होची महिला

दाङको घोडेबास भन्ने गाउँमा जन्मिनु भएको इश्वरी माया छिनाल नेपालकै होची महिला हुनुहुन्छ । उहाँलाई प्राय मेला महोत्सवमा देख्न सकिन्छ । जिल्लामा मेला महोत्सव लाग्यो भने उनिलाई उनको बुवा धनबहादुर दमाईले घुमाउन र प्रर्दशनीको रुपमा मेला महोत्सवमा राख्ने गर्दै आउनु भएको छ । मेला महोत्सवमा आउने जोकोहीले होची महिला छिनाललाई हेर्नका लागि दश रुपैया तिरेर मात्रै हेर्न पाउनुहुन्छ । त्यसैबाट उठेको रकमले घर खर्च चलाउदै आएको उनको बुवा धनबहादुर दमाईले बताए। उनले भने,–। आज त्यही छोरी आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित भएकी छिन् । छोरीको उपचारमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन् अपील समेत गर्नुभएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार