काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १२ : ४५ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा जाजरकोट भूकम्प, पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा छलफल हुने प्रमुख गौतमले जनाए ।
बैठकले केन्द्रीय समिति बैठकको मितिसमेत तय गर्ने र तिहारलगत्तै केन्द्रीय समिति बैठक बोलाउने एमालेको तयारी छ ।
केन्द्रीय कमिटी बैठकले ‘यूएमएल क्याराभान’नामक अभियानको समय तोक्ने जनाइएको छ । अभियान अन्तर्गत एमाले नेता कार्यकर्ताहरूले मेची–महाकाली १८ सय ७९ किमी यात्रा गर्ने छन् ।